इन्द्रेणी द्वारा ५१ जना विद्यार्थीलाई शैक्षिक सामग्री सहित पोशाक वितरण
सुस्ता ३१ बैशाख
इन्द्रेणी सामाजिक बिकास मञ्च र युनाईटेड मिसन टु नेपालको संयुक्त साझेदारीमा जिल्लाको प्रतापपुर गाउँपालिकामा संचालित बाल अधिकार परियोजनाको आर्थिक सहयोगबाट सामुदायिक बिद्यालयमा अध्ययनरत विद्यार्थीहरुको शैक्षिक अवस्थालाई सुधार तथा थप मद्दत पुग्ने उद्देश्यले प्रतापपुरको ५१ जना विद्यार्थीलाई शैक्षिक सामग्री सहित पोशाक समेत वितरण गरिएको बाल अधिकार परियोजनाका संयोजक बिणा कुमारी चौधरीले बताएकी छिन् ।


परियोजना संयोजक चौधरीका अनुसार बालबालिकाको बिकास,बालबालिकाको संरक्षण र बालबालिकाको सहभागिता गरि मुख्य ३ वटा उद्देश्यमा प्रतापपुर गाउँपालिकालाई कार्यक्षेत्र बनाई विगत केहि बर्ष देखि परियोजनाले काम गर्दै आईरहेको र परियोजनाले बालबालिकाको शैक्षिक क्षेत्रमा सुधारका लागि बिद्यालय शिक्षा कार्यक्रम गर्ने,विद्यालयलाई भौतिक तथा शैक्षिक उपकरणको सहयोग गर्ने,बाल क्लब गठन तथा परिचालन र बाल विवाह रोकथाम जस्ता कार्यक्रमलाई जोड दिदै पनि आएको र सोही अनुसार अति बिपन्न बर्ग समुदाय तथा विद्यालयमा गरिब तथा जेहेन्दार विद्यार्थीहरु मध्ये ५१ जनालाई छनौट गरि विद्यालय झोला,नोटबुक,कलम र २ सेट सर्ट(कपडा) र १ थान पाइन्ट(कपडा) ,स्कर्ट(कपडा) गरि पोशाक समेत वितरण गरिएको बताइन् ।

सो शैक्षिक सामग्री सहित पोशाक वितरण प्रतापपुर गाउँपालिका कि उपाध्यक्ष मान कुमारी चौधरी र इन्द्रेणी सामाजिक बिकास मञ्चका कोषाध्यक्ष एवं बाल अधिकार परियोजनाका फोकल पर्सन धनमति सापकोटाले गरेकि थिइन् ।
शैक्षिक सामग्री सहित पोशाक वितरण कार्यक्रममा बोल्दै प्रतापपुर गाउँपालिका कि उपाध्यक्ष मान कुमारी चौधरीले बाल अधिकार परियोजनाले प्रतापपुर गाउँपालिकामा धेरै राम्रो काम गरेको र बिशेश गरि बालबालिकाहरुको हकहित मा रहेर काम गर्दै आएको बताउदै परियोजनामा कार्यरत कर्मचारीहरुलाई धन्यवाद व्यक्त गर्दै अगामि दिनमा पालिकाको पनि निरन्तर समन्वय र सहकार्य रहने बताइन् ।





भर्खरै
-
नवलपरासी– २ मा वन र भ्रष्टाचार मुद्दाका अभियुक्त थापा उम्मेदवार – चौतर्फी आलोचना
-
नेपाली काँग्रेस नवलपरासीमा बढ्यो नेता कार्यकर्ताको असन्तुष्टि; छोड्न थाले पार्टी
-
एतिहासिक, धार्मिक, पर्यटकीय र पुरातात्विक सम्पदाको संरक्षण गरिन्छ : नरेन्द्र गुप्ता
-
घरदैलो अभियान सुरु गर्दै नरेन्द्र गुप्ताले भने; जनतामा उत्साह छ
-
महेशपुर भन्सार पूर्ण रूपमा सञ्चालन भए मात्रै हजारौं रोजगारी सम्भव छ : नरेन्द्र गुप्ता
-
महेशपुर स्थित रास्वपा सम्पर्क कार्यालयमा तोडफोड, ‘हतास मानसिकताको उपज’ : रास्वपा नवलपरासी

पात्रो
गेम्स
रेडियो
युनिकोड