समाचार
मनाङमा ४.७ म्याग्निच्युडको भूकम्प
४ पुष २०८१, बिहीबार

४ पुष २०८१, बिहीबार
३ पुस, काठमाडौं । मनाङमा आज बिहान भूकम्प गएको छ । मनाङको नेस्याङ केन्द्रविन्दु आसपास भूकम्प गएको हो ।
भूकम्प मापन तथा अनुसन्धान केन्द्रले आज बिहान ७ बजेर ३७ मिनेटमा ४.७ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ ।


भूकम्पले क्षति पुर्याएको जानकारी भने छैन ।

बझाङमा लगातार दुई दिन बुधबार र विहीबार तीन पटक भूकम्प गएको थियो । बुधबार दिउँसो ३ बजे बझाङको धमेना केन्द्रविन्दु भएर ४.१ म्याग्निच्यूडको भूकम्प धक्का महसुस भएको थियो ।

मंगलबार साँझ ५ बजेर ८ मिनेटमा धमेना केन्द्रमै ४.३ म्याग्निच्यूडको भूकम्प गएको थियो । मंगलबार नै दिउँसो १ बजेर २ मिनेटमा बझाङको रायल केन्द्र भएर ३.९ म्याग्निच्यूडको भूकम्प गएको थियो ।





भर्खरै
-
प्रतापपुर पुर्ण संस्थागत प्रसुती सेवायुक्त पालिका घोषणा
-
भैरहवा स्थित अक्वा पार्कको स्विमिङ पुलमा डुबेर एक युवकको मृत्यु
-
समाजसेवामा सदैव अग्रसर बिरेन्द्र यादव
-
खेलाडीहरूलाई प्रोत्साहन गर्नका लागि समाजसेवी वीरेन्द्र यादवद्वारा खेलकुद सामग्री सहयोग
-
एकै घरका दुई भाई अधिवक्ता
-
सेवा आश्रम तथा बृद्धाश्रमलाई सरावल गाउँपालिकाद्वारा सामाग्री सहयोग