पाल्हीनन्दनमा विभिन्न कार्यक्रम गरी मनाइयो ३३ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस
नवलपरासी/ १८ मंसिर।”समावेशी तथा दिगो भबिस्यको पूर्वाधार; अपाङ्गता भएका ब्यक्तिहरुको प्रवल नेतृत्व यसको आधार” भन्ने मुल नाराका साथ ३३ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस पाल्हीनन्दनमा विभिन्न कार्यक्रम गरी मनाइएको छ।
पाल्हीनन्दन गाउँपालिकाको आयोजना तथा युएमएन नवलपरासी क्लस्टर,अस्ट्रेलियन ऐड,ट्रान्सफर्म ऐड र
सुनवल सामुदायिक विकास केन्द्रको समन्वयमा अपाङ्गता भएका ब्यक्तिहरुलाई सम्मान कार्यक्रम सम्पन्न गरिएको छ। पाल्हीनन्दन गाउँपालिकाका उपाध्यक्ष फातुमा खातुन अन्सारी (सकिना) को अध्यक्षता तथा पालिका अध्यक्ष बैजु प्रसाद गुप्ता (दीपक) को प्रमुख अतिथिक्तामा सम्पन्न भएको हो।

पाल्हीनन्दन गाउँपालिकाको समन्वय, युएमएन नवलपरासी क्लस्टरको सहयोगमा सुनवल सामुदायिक विकास केन्द्रद्वारा संचालित अपाङ्गता समावेशी विकास परियोजना अन्तरगत ३३ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसर पारी विगत ७ दिने देखि पाल्हीनन्दन गाउँपालिकाको वार्ड नं १ देखि ६ सम्म अपाङ्गता भएका ब्यक्तिहरुका लागि तातो आलु खेलकुद लगाएको कार्यक्रम गरिएको थियो भने तातो आलु खेलकुद कार्यक्रम र आजको कार्यक्रममा संदेशमुलक नाटक प्रर्दशन गरेका सहभागी गरी दुवैमा प्रथम,द्वितीय,तृतीय र सान्तवना स्थान आउने सहभागीहरुलाई आज पुरस्कार वितरण समेत गरिएको परियोजनाको सामाजिक परिचालक रंगीता शर्माले बताइन्।






भर्खरै
-
कुपोषण न्यूनीकरण अभियानअन्तर्गत फलफूलका बिरुवा तथा सामग्री वितरण
-
हरदी प्रिमियर लिगको उपाधि भैसागाहनलाई
-
नवलपरासी– २ मा वन र भ्रष्टाचार मुद्दाका अभियुक्त थापा उम्मेदवार – चौतर्फी आलोचना
-
नेपाली काँग्रेस नवलपरासीमा बढ्यो नेता कार्यकर्ताको असन्तुष्टि; छोड्न थाले पार्टी
-
एतिहासिक, धार्मिक, पर्यटकीय र पुरातात्विक सम्पदाको संरक्षण गरिन्छ : नरेन्द्र गुप्ता
-
घरदैलो अभियान सुरु गर्दै नरेन्द्र गुप्ताले भने; जनतामा उत्साह छ

पात्रो
गेम्स
रेडियो
युनिकोड