पाल्हीनन्दनमा विभिन्न कार्यक्रम गरी मनाइयो ३३ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस
नवलपरासी/ १८ मंसिर।”समावेशी तथा दिगो भबिस्यको पूर्वाधार; अपाङ्गता भएका ब्यक्तिहरुको प्रवल नेतृत्व यसको आधार” भन्ने मुल नाराका साथ ३३ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस पाल्हीनन्दनमा विभिन्न कार्यक्रम गरी मनाइएको छ।
पाल्हीनन्दन गाउँपालिकाको आयोजना तथा युएमएन नवलपरासी क्लस्टर,अस्ट्रेलियन ऐड,ट्रान्सफर्म ऐड र
सुनवल सामुदायिक विकास केन्द्रको समन्वयमा अपाङ्गता भएका ब्यक्तिहरुलाई सम्मान कार्यक्रम सम्पन्न गरिएको छ। पाल्हीनन्दन गाउँपालिकाका उपाध्यक्ष फातुमा खातुन अन्सारी (सकिना) को अध्यक्षता तथा पालिका अध्यक्ष बैजु प्रसाद गुप्ता (दीपक) को प्रमुख अतिथिक्तामा सम्पन्न भएको हो।

पाल्हीनन्दन गाउँपालिकाको समन्वय, युएमएन नवलपरासी क्लस्टरको सहयोगमा सुनवल सामुदायिक विकास केन्द्रद्वारा संचालित अपाङ्गता समावेशी विकास परियोजना अन्तरगत ३३ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसर पारी विगत ७ दिने देखि पाल्हीनन्दन गाउँपालिकाको वार्ड नं १ देखि ६ सम्म अपाङ्गता भएका ब्यक्तिहरुका लागि तातो आलु खेलकुद लगाएको कार्यक्रम गरिएको थियो भने तातो आलु खेलकुद कार्यक्रम र आजको कार्यक्रममा संदेशमुलक नाटक प्रर्दशन गरेका सहभागी गरी दुवैमा प्रथम,द्वितीय,तृतीय र सान्तवना स्थान आउने सहभागीहरुलाई आज पुरस्कार वितरण समेत गरिएको परियोजनाको सामाजिक परिचालक रंगीता शर्माले बताइन्।






भर्खरै
-
चन्दा असुल्दै नवलपरासीका सशस्त्र प्रहरी
-
बुटवल र भैरहवाका संवेदनशील क्षेत्रमा प्रशासनद्वारा कर्फ्यू जारी
-
नरेन्द्र कुमार गुप्ता : विद्यार्थी आन्दोलन देखि नगर प्रमुख सम्मको यात्रा
-
कपिलवस्तुमा सडकमुनी दबेको विस्फोटक पदार्थ पड्किँदा प्रहरी सतर्क
-
नवलपरासीमा उद्योगीहरुको आकर्षण बढ्दै
-
मेयर अर्यालको नेतृत्वमा महिलामैत्री शहर बन्दै सुनवल

पात्रो
गेम्स
रेडियो
युनिकोड