कांग्रेस क्रियाशील फारममा धाँधली ; नेता कँडेलका स्वकिय सचिव धम्काएर खोसे इकाई सभापति संग फारम

नवलपरासी/ १४ माघ।
पश्चिम नवलपरासीमा नेपाली कांग्रेसको क्रियाशील फारम वितरणमा विवाद रोकिएको छैन। हिजो नेपाली कांग्रेसका केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलका स्वकिय सचिव कमल किशोर रायमाझीले पाल्हीनन्दन गाउँपालिका वार्ड नं ०३ का ईकाई सभापति मोहन गोसाईलाई धमकाई क्रियाशील फारम खोसेको भन्दै जिल्ला कार्यसमितिमा न्यायका लागि निवेदन दर्ता गराएका छन्।
पाल्हीनन्दन गाउँपालिका वार्ड नं ३ इकाई कार्य समिति लाई प्राप्त भएको नयाँ क्रियाशील सदस्य फारम केन्द्रीय सदस्य देवेन्द्रराज कण्डेलका स्वकीय सचिव कमल किशोर रायमाझीले मिति २०८१/१०/१३ गतेका दिन साँझ करिब छ बजे उनको घरमा आई धाक धम्की दीई जबर्जस्ती फारम लागेको आरोप लगाएका छन् ।

उनले लेखेका छन् ” नेपाली कांग्रेस पाल्हीनन्दन गाउँपालिका सभापति हरिहर चौहान, उपेन्द्र गुप्ता सँगै स्वकिय सचिव कमल किशोर रायमाझी आई म लाई घाक धम्की दिई जबरजस्ती म संग भएको ५९ फारम खोसेको न्याय पाउ भनी निवेदन लेखेको छु।

यसरी विगतका दिन देखि नै नेपाली कांग्रेसको क्रियाशील फारम वितरणमा धाँधली, भाडभैलो हुँदै आएको छ। यस्ता कार्यबाट आम कार्यकर्ता निरास भएको देखिएको छ।







भर्खरै
-
समाजसेवामा सदैव अग्रसर बिरेन्द्र यादव
-
खेलाडीहरूलाई प्रोत्साहन गर्नका लागि समाजसेवी वीरेन्द्र यादवद्वारा खेलकुद सामग्री सहयोग
-
एकै घरका दुई भाई अधिवक्ता
-
सेवा आश्रम तथा बृद्धाश्रमलाई सरावल गाउँपालिकाद्वारा सामाग्री सहयोग
-
बर्दघाट नगरपालिकामा जेष्ठ १६ गते देखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुने
-
पाल्हीनन्दन गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु