एतिहासिक, धार्मिक, पर्यटकीय र पुरातात्विक सम्पदाको संरक्षण गरिन्छ : नरेन्द्र गुप्ता
नवलपरासी, ८ फाल्गुन ।
पश्चिम नवलपरासी क्षेत्र नं. २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी का तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार नरेन्द्र कुमार गुप्ताले जिल्लाभित्र रहेका ऐतिहासिक, धार्मिक, पर्यटकीय तथा पुरातात्विक सम्पदाको संरक्षण र प्रवर्द्धन आफ्नो प्राथमिकता हुने बताएका छन्।
आज सुनवल नगरपालिका वडा नं. ७ र ८ मा घरदैलो कार्यक्रमका क्रममा मतदातासँग भेटघाट गर्दै गुप्ताले जिल्लाको पहिचानसँग जोडिएका सम्पदाहरूको संरक्षण, स्तरोन्नति र प्रचार–प्रसारमार्फत आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गरिने प्रतिबद्धता व्यक्त गरे।


उनले धार्मिक आस्था केन्द्र, ऐतिहासिक स्थल तथा पुरातात्विक सम्पदाहरूको व्यवस्थित अभिलेखीकरण, संरक्षण योजना निर्माण र आवश्यक पूर्वाधार विकासमा संघीय सरकारमार्फत पहल गर्ने बताए। “हाम्रो क्षेत्र सम्भावनाले भरिपूर्ण छ, तर उचित योजना र दीर्घकालीन सोचको अभावले धेरै सम्पदा ओझेलमा परेका छन्,” उनले भने, “यी सम्पदालाई संरक्षण गर्दै पर्यटनसँग जोड्न सके स्थानीय रोजगारी सिर्जना र आर्थिक समृद्धिमा टेवा पुग्नेछ।”


गुप्ताले स्थानीय तह, सरोकारवाला निकाय र समुदायसँग सहकार्य गर्दै संरक्षण अभियान सञ्चालन गरिने समेत बताए। घरदैलो कार्यक्रममा स्थानीय बासिन्दाले विकास, रोजगारी र पूर्वाधार सुधारको माग राखेका थिए। उनले क्षेत्रको समग्र विकासका लागि आफूलाई समर्थन गर्न मतदातासँग अपिल समेत गरेका छन्।






भर्खरै
-
नवलपरासी– २ मा वन र भ्रष्टाचार मुद्दाका अभियुक्त थापा उम्मेदवार – चौतर्फी आलोचना
-
नेपाली काँग्रेस नवलपरासीमा बढ्यो नेता कार्यकर्ताको असन्तुष्टि; छोड्न थाले पार्टी
-
एतिहासिक, धार्मिक, पर्यटकीय र पुरातात्विक सम्पदाको संरक्षण गरिन्छ : नरेन्द्र गुप्ता
-
घरदैलो अभियान सुरु गर्दै नरेन्द्र गुप्ताले भने; जनतामा उत्साह छ
-
महेशपुर भन्सार पूर्ण रूपमा सञ्चालन भए मात्रै हजारौं रोजगारी सम्भव छ : नरेन्द्र गुप्ता
-
महेशपुर स्थित रास्वपा सम्पर्क कार्यालयमा तोडफोड, ‘हतास मानसिकताको उपज’ : रास्वपा नवलपरासी

पात्रो
गेम्स
रेडियो
युनिकोड