थुम्हवा–भैरहवा सडकखण्डमा दुई बस ठोक्किँदा दुर्घटना, ५ जना घाइते
धनन्जय कुमार उपाध्याय/रुपन्देही
रुपन्देहीको कोटाहीमाई गाउँपालिका–५ तुनियाहवामा दुई वटा यात्रुबाहक बस एकआपसमा ठोक्किँदा लगभग ५ जना सर्वसाधारण घाइते भएका छन्। लु १ ख ९४९३ नम्बरको बस थुम्हवाबाट भैरहवा जाँदै गरेको अवस्थामा करौता–भैरहवा रुटमा चलिरहेको अर्को यात्रुबाहक बससँग ठोक्किँदा दुर्घटना भएको हो। करौता तर्फबाट भैरहवा जाँदै गरेको बस अगाडि रहेको र कोटाहीमाई–५ तुनियाहवामा यात्रु बोक्नका लागि रोकिने क्रममा पछाडिबाट थुम्हवा तर्फको बसले ठक्कर दिएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय मझगावाँ को प्रहरी निरीक्षक तपेन्द्र बिष्टले जानकारी दिए।

दुर्घटनामा घाइते भएका ५ जना सर्वसाधारणलाई तत्काल उद्धार गरी उपचारका लागि भैरहवास्थित सिटी अस्पताल पठाइएको बिष्टले बताए। घाइतेहरूको अवस्था सामान्य रहेको जनाइएको छ। दुर्घटनापछि केही समय सडकमा आवागमन प्रभावित भए पनि प्रहरीले सवारी साधन हटाई यातायात सहज बनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






भर्खरै
-
नवलपरासी– २ मा वन र भ्रष्टाचार मुद्दाका अभियुक्त थापा उम्मेदवार – चौतर्फी आलोचना
-
नेपाली काँग्रेस नवलपरासीमा बढ्यो नेता कार्यकर्ताको असन्तुष्टि; छोड्न थाले पार्टी
-
एतिहासिक, धार्मिक, पर्यटकीय र पुरातात्विक सम्पदाको संरक्षण गरिन्छ : नरेन्द्र गुप्ता
-
घरदैलो अभियान सुरु गर्दै नरेन्द्र गुप्ताले भने; जनतामा उत्साह छ
-
महेशपुर भन्सार पूर्ण रूपमा सञ्चालन भए मात्रै हजारौं रोजगारी सम्भव छ : नरेन्द्र गुप्ता
-
महेशपुर स्थित रास्वपा सम्पर्क कार्यालयमा तोडफोड, ‘हतास मानसिकताको उपज’ : रास्वपा नवलपरासी

पात्रो
गेम्स
रेडियो
युनिकोड