बासामा मोटरसाइकल दुर्घटना हुदाँ एक जनाको मृत्यु

ज्ञानेश्वर साहनी /नवलपरासी, १८ माघ
पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर १ सालबासमा मोटरसाइकल दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला रूपन्देही अमहवा बस्ने वर्ष २८ का कमल परियारको टाउकोमा चोट लाग्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय नवलपरासीले जानकारी दिएको छ ।

शुक्रबार नवलपरासीको सरावल गाउँपालिका–१ सालबास नजिक प्रदेश नम्बर ३-०२-००६ प ९८३६ नम्बरका मोटरसाइकलले सडक बीचको पेटीमा ठक्कर दिंदा परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय नवलपरासीले जानकारी दिएको छ ।

पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश नम्बर ३-०२-००६ प ९८३६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भए सडक बीचको पेटीमा ठोकिन जाँदा मोटरसाइकिल सवार २ जना व्यक्ति मध्ये १ जनाको मृत्यु भएको छ।

दुर्घटनामा मोटरसाइकल चालक जिल्ला नुवाकोट लिखु ३ बस्ने वर्ष २९ को गोपाल लोहनी को टाउकोमा घाउ लागि सिरियस भएकोले अस्पताल पठाइएको छ। भने सोही मोटरसाइकल मा पछाडि सवार जिल्ला रूपन्देही बस्ने २८का कमल परियारको टाउकोमा चोट लाग्दा घटनास्थलमै मृत्यु भएको छ।
मोटरसाइकल सवार चालक जिल्ला नुवाकोट लिखु ३ बस्ने वर्ष २९ को गोपाल लोहनी गम्भीर घाइते भएका छन् । उनको टाउको, हात र पेटमा चोट लागेको छ । हाल उनीलाई अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।






भर्खरै
-
समाजसेवामा सदैव अग्रसर बिरेन्द्र यादव
-
खेलाडीहरूलाई प्रोत्साहन गर्नका लागि समाजसेवी वीरेन्द्र यादवद्वारा खेलकुद सामग्री सहयोग
-
एकै घरका दुई भाई अधिवक्ता
-
सेवा आश्रम तथा बृद्धाश्रमलाई सरावल गाउँपालिकाद्वारा सामाग्री सहयोग
-
बर्दघाट नगरपालिकामा जेष्ठ १६ गते देखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुने
-
पाल्हीनन्दन गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु