अपराध
नेपाल भारतको सीमावर्ती क्षेत्रहरूमा लागू औषधको कारोबार बढ्दै
९ माघ २०८१, बुधबार
९ माघ २०८१, बुधबार
नवलपरासी/माघ ९
नेपाल भारतको सीमावर्ती क्षेत्रहरूमा लागू औषधको कारोबार बढ्दै गएको छ।

छिमेकी राष्ट्र भारत महाराजगञ्ज जिल्लाको ठुठीबारी कोतवाली प्रहरीले नेपालतर्फ जाने क्रममा लागू औषध सहित दुई जनालाई पक्राउ गरेको छ ।

भारतबाट ठूलो मात्रामा नेपालमा प्रतिबन्धित लागूऔषध नेपाल छिराउने क्रममा उनीहरू लाई भारतीय प्रहरीले पक्राउ परेको हुन् ।
स्रोत बताएको अनुसारले हेर्ने हो भने,अवैध व्यवसायमा संलग्न मुख्य नाइके फरार भएका छन् ।
पक्राउ परेका युवकहरू भारत महाराजगंज जिल्लाको ठुठीबारीका निवासी निरञ्जन र छोटुको रूपमा रहेको प्रहरीले बताएको छ ।
पक्राउ परेका युवाहरूसँग सोधपुछ र थप अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएको छ। भारतीय प्रहरीको अनुसारले लागूऔषधको कारोबार गर्ने तस्करहरू नेपाल भारत क्षेत्रहरूमा सक्रिय रहेका छन् ।





भर्खरै
-
चन्दा असुल्दै नवलपरासीका सशस्त्र प्रहरी
-
बुटवल र भैरहवाका संवेदनशील क्षेत्रमा प्रशासनद्वारा कर्फ्यू जारी
-
नरेन्द्र कुमार गुप्ता : विद्यार्थी आन्दोलन देखि नगर प्रमुख सम्मको यात्रा
-
कपिलवस्तुमा सडकमुनी दबेको विस्फोटक पदार्थ पड्किँदा प्रहरी सतर्क
-
नवलपरासीमा उद्योगीहरुको आकर्षण बढ्दै
-
मेयर अर्यालको नेतृत्वमा महिलामैत्री शहर बन्दै सुनवल

पात्रो
गेम्स
रेडियो
युनिकोड