नवलपरासीमा जिल्लाव्यापी लागूऔषध विरुद्ध अभियान शुरु

नवलपरासी
पश्चिम नवलपरासीको जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय नवलपरासीको संयुक्त आयोजनामा जिल्लाव्यापी लागूऔषध विरुद्धको अभियान २०८१ आजबाट शुभारम्भ गरिएको छ।

लागू औषध दुरुपयोग एवम् ओसारपसार रोकथामका लागि समाजमा आवश्यक जनचेतना फैल्याउने उद्देश्यले प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्लाभर सचेतना मुलक कार्यक्रम सञ्चालन गर्ने जिल्ला प्रहरी कार्यालय उपरीक्षक ज्ञानेन्द्र प्रसाद फुयाँलले जानकारी दिनुभएको छ।

लागूऔषध तथा ओसारपसार नियन्त्रणका लागि सर्वपक्षीय सहयोगकाे भुमिका आवश्यक छ।जिल्लाका सात वटै स्थानीय तहका ७४ वडामै अभियान सञ्चालन गर्ने उद्देश्य रहेको फुयालले जानकारी दिनुभएको छ।

शैक्षिक संघ संस्था केन्द्रित सचेतना कार्यक्रम,लागूऔषध सेवन तथा प्रयोगकर्ताका अभिभावक सँग अन्तरक्रिया,तथा मनोसामाजिक परामर्श एवं आैषधी पसलहरूमा पनि निगरानी गर्ने समेत बताउनुभएको छ।
शङ्कास्पद स्थानहरूमा स्वीप अपरेसन र आकस्मिक जाँच, मिडिया सँग संवाद,गर्नुका साथै जिल्लाका मुख्य नाका महेशपुर लगायत सीमाक्षेत्रमा होल्डिङ सेन्टर सञ्चालन लगायतका क्रियाकलाप गर्ने समेत जानकारी दिनुभएको छ।
नेपालमा वर्षेनी ५ प्रतिशत लागू औषध प्रयोगकर्ताहरूको सङ्ख्या वृद्धि भएकाे सरकारी तथ्याङ्कमा उल्लेख छ।२० देखि ३० वर्षका युवाहरूले बढी प्रयाेग गरेकाे प्रहरीकाे तथ्यांकमा उल्लेख छ।
लागू औषधका कारण ७ प्रतिशत अपराध बढेकाे तथ्यांक उल्लेख छ।लागुऔषध नियन्त्रणका लागि नागरिक र सरकारको संयुक्त पहलमा जनचेतनामूलक अभियान सञ्चालनमा ल्याएकाे फुयाँलले बताउनुभयो।
लागु औषध राेकथाम गर्नका लागि समिति गठन गरेेर विद्यालयहरूमा पनि एउटा निगरानी समूह बनाएर समय समयमा विद्यालयमा पनि जाँच पर्ताल गर्ने।विद्यार्थी तथा बालबालिकाहरूलाई पेसा कम दिने तर समय बढी दिने त्यसपछि मात्र उनीहरूकाे क्रियाकलाप तथा मनाेभावना हामी सबै अभिभावकले बुझ्न सक्याै भने लागु औषध सेवन तथा ओसारपाेसार नियन्त्रण गर्न सकिन्छ।
खुल्ला सिमानामा अबैध निकासी पैठारी राेेकिदैन तब सम्म लागुऔषध राेक्न सकिन्न नागरिक समाज नवलपरासीका अध्यक्ष राधेश्याम सिंह सैथवारले बताउनु भयाे।
चालु आर्थिक वर्षमा२६४ ग्राम ब्राउन सुगर बरामद गरिएको छ।भारत सँग खुल्ला सीमाना जाेडिका कारण ट्रान्जिट प्वाइन्टको रुपमाछ।प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव(रुदल)को प्रमुख आतिथ्यतामा स्थानीय तहका प्रमुख,उपप्रमुखहरू,राजनीतिक दलका प्रतिनिधिहरू,नागरिक समाज,शैक्षिक संस्था लगायत सरोकारवालाहरू कार्यक्रममा उपस्थिती रहेको थियो।






भर्खरै
-
लुम्बिनी प्रदेश सरकारका गाडीको निर्लज्ज दुरुपयोग कर्मचारी मदिरा र जुवामा मस्त
-
जरा अभियान अन्तर्गत वडा नं ७ मा वडा कमिटी गठन
-
सशस्त्र प्रहरी कृष्णनगर द्वारा अवैध सामानहरू बरामद
-
बर्दघाट कालिका मन्दिरमा रुद्र महायज्ञ हुँदै
-
भारतीय गाडीका लागि कृष्णनगरबाटै पट्के शुरु
-
इलाका प्रहरी कार्यालय लुम्बिनी सक्रिय