नवलपरासीमा पनि मेरो विद्यालय, मेरो दायित्व’ बिशेष शैक्षिक अभियान
नवलपरासी ,९ फागुन ।
लुम्वनी प्रदेश सरकार अन्तर्गत सामाजीक बिकास मन्त्रालयले सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न ‘मेरो विद्यालय, मेरो दायित्व’ बिशेष शैक्षिक अभियान सुरु गरेकोे छ । सामाजिक विकास मन्त्रालयको अगुवाइमा प्रदेशका १२ वटै जिल्लका विभिन्न १७ वटा सामुदायीक विद्यालयमा पहिलो चरणको अभियान एकैसाथ सुरु गरेको हो ।

अभियानका लागि प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री, दुई पूर्वमुख्यमन्त्री, प्रदेश प्रमुख सचिव र प्रदेशसभाका जनप्रतिनिधि लगायतले आफूले अध्ययन थालेको विद्यालयमा पुगेर अभियानका सुरुवात गरेका छन् ।

यसैबिच नवलपरासीमा पनि मेरो विद्यालय, मेरो दायित्व’ बिशेष शैक्षिक अभियान सुरु भएको छ ।पश्चिम नवलपरासीको गुठीप्रसौनी स्थित जनजागृती माध्यमिक बिद्यालयमा आयोजीत अभियानको लुम्वनी प्रदेशका वन तथा वातावरण मन्त्री देवकरण प्रसाद कलवार सन्तुले उद्घाटन गर्नुभयो ।
उद्घाटन समारोहमा बोल्दै मन्त्री कलवारले प्रदेश सरकारले अघि बढाएको सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न ‘मेरो विद्यालय, मेरो दायित्व’ बिशेष शैक्षिक अभियान सफल बनाउन जनसमुदायको भुमीका महत्वपुर्ण रहने विस्बास ब्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै बिशेष अतिथी प्रतापपुर गाउंपालीकाका अध्यक्ष उमेश चन्द्र यादवले प्रदेश सरकारले शैक्षिक सुधारका लागी ल्याएको उक्त अभियान कागजमा भन्दा पनि कार्यान्वयनमा प्रभावकारी हुनुपर्नेमा जोड दिनुभयो ।
लुम्वनी प्रदेश सरकार अन्तर्गत सामाजीक बिकास मन्त्रालयले लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका १७ वटा सामुदायीक विद्यालयमा आवश्यकता अनुसार पहिलो चरणको अभियान एकैसाथ सुरु गरेको हो ।





भर्खरै
-
चन्दा असुल्दै नवलपरासीका सशस्त्र प्रहरी
-
बुटवल र भैरहवाका संवेदनशील क्षेत्रमा प्रशासनद्वारा कर्फ्यू जारी
-
नरेन्द्र कुमार गुप्ता : विद्यार्थी आन्दोलन देखि नगर प्रमुख सम्मको यात्रा
-
कपिलवस्तुमा सडकमुनी दबेको विस्फोटक पदार्थ पड्किँदा प्रहरी सतर्क
-
नवलपरासीमा उद्योगीहरुको आकर्षण बढ्दै
-
मेयर अर्यालको नेतृत्वमा महिलामैत्री शहर बन्दै सुनवल

पात्रो
गेम्स
रेडियो
युनिकोड