शिक्षिकाको कुटाईबाट ६ वर्षीय बालकको आँखा फुट्यो
ज्ञानेश्वर साहनी /नवलपरासी/ पुस २७
पश्चिम नवलपरासी जिल्लाको प्रतापपुर गाउँपालिका का एक शिक्षिकाको कुटाईबाट ६ वर्षीय बालकको आँखा फुट्यो छ।

जिल्लाको प्रतापपुर गाउँपालिका वडा नं ३ स्थित एच पाठशालामा कक्षा युकेजीमा अध्यनरत ६ वर्षीय बालक प्रशान्त चौधरीको सोही विद्यालयकी शिक्षिका सन्जु चौधरीले पिट्दा आँखा फुटेको हो ।

शिक्षिकाको पिटाईबाट बालकको आँखामा गम्भीर चोट लागि आँखाको ज्योति नै गुमाउनुपरेपछि पीडित पक्षले न्यायको माग गर्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएको छ ।
आयोगमा दिईएको उजुरी अनुसार घटना गत मंसिर १८ गतेको हो । घटना भएको एक महिना पछि मात्रै पीडितका परिवारले न्यायका लागि बालबालिकाको क्षेत्रमा कार्यरत सिविन नेपाललाई गुहारेपछि घटना बाहिरिएको बताईएको छ ।
घाईते बालकको उपचार तथा क्षतिपूर्तिको विषयमा विद्यालयले चासो नदेखाएपछि प्रहरी प्रशासन, सिविन नेपाल, राष्ट्रिय मानव अधिकार आयोग लगायतका निकायलाई गुहार्नुपरेको बालकका बुबा नरेन्द्र चौधरीले बताउनुभयो छ।
उहाँका अनुसार कक्षामा पढाउने क्रममा लठ्ठीले पिट्दा बालकको देव्रे आँखा फुटेको छ । बालकलाई तत्कालै उपचारका लागि काठमाडौँ लगिएकोमा चिकित्सकले आँखा फुटेको आयोगमा दिईएको उजुरीमा उल्लेख छ। घटनापछि ईलाका प्रहरी कार्यालय बर्दघाटमा उजुरी दिएपनि कुनै कारवाही प्रक्रिया अगाडि नबढेको पीडित परिवारको गुनासो छ।
राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेश कार्यालय बुटवलका प्रमुख हरिप्रसाद ज्ञवालीले उजुरी प्राप्त भए लगत्तै सम्बन्धित निकायमा बुझ्ने र आवश्यक अनुसन्धान गर्ने काम भईरहेको जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रेशम बोहराले उक्त घटनामा संलग्नमाथि कारवाहीका लागि मुद्धा दर्ता भई आवश्यक कानुनी प्रक्रिया तथा अनुसन्धान कार्य अघि बढिसकेको जानकारी दिनुभयो छ।





भर्खरै
-
चन्दा असुल्दै नवलपरासीका सशस्त्र प्रहरी
-
बुटवल र भैरहवाका संवेदनशील क्षेत्रमा प्रशासनद्वारा कर्फ्यू जारी
-
नरेन्द्र कुमार गुप्ता : विद्यार्थी आन्दोलन देखि नगर प्रमुख सम्मको यात्रा
-
कपिलवस्तुमा सडकमुनी दबेको विस्फोटक पदार्थ पड्किँदा प्रहरी सतर्क
-
नवलपरासीमा उद्योगीहरुको आकर्षण बढ्दै
-
मेयर अर्यालको नेतृत्वमा महिलामैत्री शहर बन्दै सुनवल

पात्रो
गेम्स
रेडियो
युनिकोड