प्रतापपुर गाउपालिका प्रशासनिक भवनको निर्माण अन्तिम चरणमा

नवलपरासी
जिल्लाको प्रतापपुर गाउपालिकाको निर्माणाधिन प्रशासनियक भवन अन्तिम चरणमा पुगेको छ । देश भरि विभिन्न अयोजनाहरुको निर्माण कार्य ढिलाई भई रहेको भए पनि प्रतापपुरका प्रशासनिक भवन निर्माण कार्यलाई तिब्रता दिए पछि अहिले अन्तिम चरणमा पुगेको गाउपालिकाले जनाएको हो ।

अघिल्लो कार्यकाल देखी नै प्रशासनिक भवन बनाउन नसक्दा दुई वटा भवन भाडामा लिई सञ्चालन हुदै आएकोले जति सक्दो चाडो आफ्नो प्रशासनिक भवन निर्माण गराउनमा लागेको थियो । अहिले भवनको निर्माण अन्तिम चरणमा पुगेको गाउपालिका अध्यक्ष उमेश चन्द्र यादवले बताए । उनका अनुसार यसै आर्थिक बर्ष भित्र आफ्नो प्रशासनिक भवनमा सर्ने लक्ष्य रहेको छ ।


साविक प्रतापपुर गाविसलाई गाउपालिकाको सदरमुकाम तोकिएको र सो स्थान नजिकै भवन निर्माण गर्नु पर्ने नीतिगत बाध्यताका कारण विगत बर्षमा भवनको निर्माण हुन नसकेको थिएन् । जनप्रतिनिधिको दोश्रो कार्यकालमा नयाँ जनप्रतिनिधि आए पछि प्रशासनिक भवन जसरी पनि बनाउने लक्ष्य लिई काम गर्न थालेको थियो ।

अहिले सरकारको तोकेको मापदण्ड र नीति अनुसार नै नजिकै रहेको प्रतापपुर स्वास्थ्य चौकी भवन क्षेत्रको जग्गामा भवनको निर्माण गर्ने गरि कार्य अगाडी बढाइएको गाउपालिका अध्यक्ष यादवले बताए । स्वास्थ्य चौकीको भवन जिर्ण भई सकेको थियो,उनले भने,अब गाउपालिकाले नै स्वास्थ्य चौकीको लागि नजिकै भवन बनाउने र स्वास्थ्य चौकी भवन रहेको स्थानमा गाउपालिकाको प्रशासनिक भवन बनाउने गरि कार्य अगाडी बढाईएको छ । स्वास्थ्य चौकी र प्रशासनिक भवनको शिलान्यास पनि एकै दिन गर्ने गरि योजना अगाडी बढाउने लक्ष्य रहेको छ । सोही अनुसार काम पनि भई रहेको छ ।
करिब ९ कट्ठा जग्गामा उतm प्रशानिक भवनको निर्माण कार्य अन्तिम चरणमा छ । उनले थपे ,१२ करोड बढि लागतको बन्ने प्रशासनिक भवन निर्माणमा केही अवरोधहरु समेत सिर्जना गर्ने गतिविधि भएको थियो, तर सबै कार्य कानुन सम्मत तरिकाले विधि पुर्याएर काम भइ रहेको छ । स्वास्थ्य चौकी भवन भत्काउनु पुर्व स्वास्थ्य चौकीलाई नजिकै रहेको साविक प्रतापपुर गाविस भवन,हालको प्रतापपुर गाउपालिका वार्ड नं.९ को वार्ड कार्यालयमा सारिएको छ । त्यहाबाट स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ । वार्ड कार्यालयलाई भारतिय मुख्य पश्चिमी गण्डक नहर नजिकै रहेको उखु उत्पादक कृषक समितिको भवनमा सारिएको छ । सो स्थानबाट वार्डका सेवाहरु प्रवाह भई रहेको छ ।
आफ्नै कार्यकालमा सकिने गरि भवन निर्माणका कार्य भई रहेको जनाउदै उनले जिर्ण स्वास्थ्य चौकी भवन भत्काउने गरि स्वास्थ्य मन्त्रालयबाट स्वीकृति लिई भत्काउने कार्य भई रहेको छ । भवन भत्काएर सफाई हुने वित्तिकै गाउपालिकाको प्रशासनिक भवनको शिला न्यास भयो । लगत्तै भवनको निर्माण कार्य शुरु भयो ।
भवन निर्माण कार्यले स्थानिय उत्साही भएका छन् । प्रतापपुरबाट भवन अन्यत्र सार्ने चलखेल पनि भई रहेको थियो,तर अहिले गाउपालिका अध्यक्ष यादवको क्रियाशिलताले यथास् थानमै भवन बन्ने कुराले सो वार्डका बासिन्दा खुशी भएको स्थानिय युवराज मौर्यले थिए । प्रतापपुर हुलाकी राजमार्गसँगै भवन जोडिएको हुदा टाढाबाट आउने सेवाग्राहीलाई भवनमा पुगेर सेवा लिइने सुविधा रहने छ । तर गाउपालिकाले जसरी स्वास्थ्य चौकीको जग्गा उपयोग हुने गरि गाउपालिकाको प्रशासनिक भवन बनाउदै छ,त्यसैगरि स्वास्थ्य चौकीलाई पनि उपयुत जग्गामा भवन पुर्वाधार समेत निर्माण गर्नु पर्छ ।
गाउपालिकाको प्रशासनिक भवन सबै गाउपालिकाको पुर्वाधार हो,उनले भने,तर स्वास्थ्य चौकीले पनि वार्ड नं.९ का बासिन्दालाई स्वास्थ्य सेवा उपलब्ध गराउदै आएको हुदा यसको पनि पुर्वाधार सँगसँगै निर्माण गर्दै लगे पछि स्थानियबासीमा पनि गाउपालिका प्रतिको विश्वास बढदै जाने उनको भनाई थियो ।
स्वास्थ्य चौकीहरु पनि गाउपालिकाकै स्वास्थ्य शाखा मार्फत सञ्चालन हुदै आएको र सेवा प्रवाह हुदै आएको हुदा स्वास्थ्य सेवा पनि गाउपालिकाको अभिन्न अंग भएको हुदा त्यस प्रति गाउपालिका गम्भिर रहेको गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन चौधरी बताए । यस प्रति गाउपालिका परिवार प्रतिवद्ध छ र गम्भिर पनि छ । सबै गाउ कार्यपालिका परिवार प्रतिवद्ध भएर काम गर्न थाले पश्चात दुबै पुर्वाधार बेलामै सम्पन्न हुने भएको छ ।






भर्खरै
-
भारतीय सुरक्षाकर्मिद्वारा सुस्ताबाट हुदै भारत प्रवेशमा नेपालीलाई रोक
-
सुस्ता गाउँपालिकाको हराएको फेसबुक पेज भेटियो
-
सुस्ता गाउँपालिकाको फेसबुक पेज हरायो :- पालिका भने बेखबर
-
मर्चवार मा हर्दि प्रिमियर लिग हुँदै
-
सरावलमा जरायो मारेको आरोपमा ४ जना पक्राउ
-
नवलपरासीमा ब्राउन सुगर सहित तीन भारतीय नागरिक पक्राउ