श्री मायादेवी इंग्लिश स्कुलका कक्षा १० का विद्यार्थीहरुलाई शुभकामना तथा विदाई कार्यक्रम सम्पन्न

ज्ञानेश्वर साहनी / नवलपरासी
श्री मायादेवी इंग्लिश स्कुलका कक्षा १० का विद्यार्थीहरुलाई भव्य रुपमा शुभकामना तथा विदाई कार्यक्रम सम्पन्न भएको छ ।

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नम्बर ७ उजैनीमा रहेको श्री मायादेवी इंग्लिश स्कुलमा भब्य रुपमा शुभकामना तथा बिदाई कार्यक्रम सम्पन्न भएको छ । विद्यालयमा अध्ययनरत कक्षा ९ तथा विद्यालय परिवारको आयोजनामा यही आउँदो चैत्र ७ गतेदेखि हुन गइरहेको एसईई परीक्षामा सम्मिलित हुने विद्यार्थीहरुलाई विदाइ गरेको हो ।


कक्षा ९ मा अध्ययनरत बिद्यार्थी नवीन पटेलको अध्यक्षता तथा विद्यालयका संस्थापक दीपनारायण सहानीको प्रमुख आतिथ्यतामा एक समारोहका विच उनीहरुलाई विदाइ गरिएको विद्यालयले जनाएको छ । कार्यक्रममा कक्षा १० का विद्यार्थीहरुलाई टीका, माला ,खादा र मायाको चिनो दिएर विदाई गरिएको विद्यालयका प्रधानाध्यापक दीपनारायण सहानीले जानकारी दिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि सहानीले विदाई हुन लागेका विद्यार्थी भाइ बहिनीको उज्ज्वल भविष्यको कामना गर्नुका साथै आफूले आर्जन गरेको ज्ञान र सिपलाई दैनिक जीवन र व्यवहारमा लागु गर्नुपर्नेमा जोड दिए । उनले विद्यार्थीले शिक्षासँगै समाजका हरेक क्षेत्रमा अब्बल हुने गरी काम गर्न शुभकामना व्यक्त गरे ।


बिद्यालयका प्रधानाध्यापक सहानीले‘विद्यार्थी सफल हुन पहिले अनुशासन आवश्यकता पर्ने बताउदै’ अभिभावक र शिक्षक भनेका बाटो देखाउने काम गर्दछन तर मेहनत, परिश्रम, लगनशिलता विद्यार्थी आफै स्वयम् लाग्नुपर्ने बताउनु भयो ।
साथै सहानीले ढुक्क भएर परिक्षामा सामेल भएर उत्कृष्ट नतिजा ल्याउन विद्यार्थीहरुलाई हौसला प्रदान गरेका थिए ।
विदाई भएका कक्षा १० का विद्यार्थीहरुले आफूहरुलाई शुभकामना तथा विदाई गरेकोमा धन्यवाद ज्ञापन गर्दै आफूहरु जहा र जुन अवस्थामा भएतापनि यस विद्यालय प्रति सदैव माया रहीरहने बताए ।

कार्यक्रममा महाकवि देवकोटा क्याम्पसका उपप्रधापक एवं पूर्व शिक्षक हरिदत्त शर्मा , मानेश्वर साहनी , ऋषि पटेल तथा अन्य शिक्षक तथा शिक्षिकाले विदाई हुन लागेका विद्यार्थी भाइबहिनीको सुन्दर भविष्यको कामना गरे ।

कक्षा ९ का बिद्याथी दीपनारायण धवल र हिना खातुनले कार्यक्रमको संचालन गरेका थिए । कार्यक्रममा स्वागत कक्षा ९ की छात्रा निशा बर्मा गरेका थिए । उक्त विद्यालयले विद्यार्थीको मनोबल बढाउनको लागि प्रत्येक वर्ष शुभकामना तथा बिदाई कार्यक्रम गर्दे आएको छ ।






भर्खरै
-
भारतीय सुरक्षाकर्मिद्वारा सुस्ताबाट हुदै भारत प्रवेशमा नेपालीलाई रोक
-
सुस्ता गाउँपालिकाको हराएको फेसबुक पेज भेटियो
-
सुस्ता गाउँपालिकाको फेसबुक पेज हरायो :- पालिका भने बेखबर
-
मर्चवार मा हर्दि प्रिमियर लिग हुँदै
-
सरावलमा जरायो मारेको आरोपमा ४ जना पक्राउ
-
नवलपरासीमा ब्राउन सुगर सहित तीन भारतीय नागरिक पक्राउ