रामग्राम नगरपालिका प्रमुख प्रशासकीय अधिकृत यम बहादुर कुँवर द्वारा प्रेषित खण्डन
परासी/ फागुन ७
मिति २०८१/१०/७ गतेमा प्रकाशित समाचार रामग्राम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत र लेखा शाखाले कमिसन नपाउँदा भुक्तानी राेकियाे भने सामाचारको सम्बन्धमा रामग्राम नगरपालिका द्वारा प्रतिक्रिया एवं खण्डन प्रकाशन गरिएको छ।

प्रकाशित सामग्रीमा रामग्राम नगरपालिकामा कमिसन नपाउँदा भुक्तानी रोकिएको भनी उल्लेख गरिएको सामाचार उक्त विषयमा बुझाइमा फरक परेको रामग्राम नगरपालिका द्वारा प्रतिक्रिया एवं खण्डन गरिएको छ।

मज्झिम आवाज अनलाइन पत्रिकामा कार्यरत रामकरण हरिजनले मिति २०८१/९/१२ गते लेखा शाखामा तोक आदेश गरी प्रषित गरेकोमा निजको निवेदन सँग सूचना प्रकाशन गर्न दिइएको आदेश सम्झौता र आफ्नो मिडियाका आवश्यक कागजात र करचुक्ता पेश गर्नुपर्ने भनी पुन २०८१/१०/७ गते रामकरण हरिजन सँग हस्ते फिर्ता आएकोमा के भएको हेरी निर्णय गर्ने भनी भन्ने सरले जवाफ दिँदा निज रिसाई आफ्नो कागज मागेर लगि लेखा शाखाबाट निर्देशनका लागि लेख्न लगाई दर्ता गराई पेश गर्नुभएकोमा निजले पेश गरेको भुक्तानी बिल नगरपालिकाको आदेश र सम्झौता बेगर प्रकाशित सूचना नरहेको एवं निजले निवेदन साथ अनलाइन दर्ता प्रमाणपत्र र करचुक्ता समेत पेश गर्न नसकेकोले समयमा भुक्तानी नभएको रामग्राम नगरपालिका प्रमुख प्रशासकीय अधिकृत यम बहादुर कुँवरले जानकारी दिनुभयो।

रामकरण हरिजनलाई दर्ता प्रमाणपत्र र करचुक्ता सहित माग दाबी गर्नु भनी लेखा शाखाबाट समेत स्पष्ट आदेश भएकोमा उल्टै पत्रकारको पावर देखाउँछु भने निज स्वयंम जानुभएको प्रमुख प्रशासकीय अधिकृतले जानकारी दिनुभएको छ।





भर्खरै
-
महेशपुर स्थित रास्वपा सम्पर्क कार्यालयमा तोडफोड, ‘हतास मानसिकताको उपज’ : रास्वपा नवलपरासी
-
देवेन्द्र राज कँडेललाई ‘शंकर भगवान’को दर्जा, अभिव्यक्तिप्रति प्रश्न
-
रविको नवलपरासी कार्यक्रम यथावत्, भ्रममा नपर्न रास्वपाको आग्रह
-
थुम्हवा–भैरहवा सडकखण्डमा दुई बस ठोक्किँदा दुर्घटना, ५ जना घाइते
-
रामचन्द्र मल्लाहलाई अखिल नेपाल मजदुर निर्माण संघको सम्मान, १० हजार नगद सहयोग प्रदान
-
महेशपुर भन्सारमा गोप्य ‘रात्री लिलामी’को आरोप;मिलेमतो, राजस्व चुहावट र मौन राज्य संयन्त्र

पात्रो
गेम्स
रेडियो
युनिकोड