रामग्राम कप सिजन टु क्रिकट खेल आज बाट सुरु
नवलपरासी
पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नम्बर-४ पाल्हि बहुमुखी क्याम्पसको खेल मैदानमा रामग्राम कप सिजन टु क्रिकट खेल सुरु भएको छ।

रामग्राम किङ्स क्रिकेट क्लबकाे आयोजना तथा रामग्राम नगरपालिकाको आर्थिक सहयोग र रामग्राम नगरपालिका वडा नम्बर-४ को सह आयोजनामा रामग्राम कप सिजन टु क्रिकट खेल सुरु भएको हाे।


उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादवले हरेक खेलाडीहरूको लागि नगरपालिका सहयाेग गर्न तयार रहेकाे बताउनुभयो।साथै रामग्राम नगरपालिकाले यस क्षेत्रमा भलिबल, कबड्डी, टेकवान्डो लगायतका खेलाडीहरूको लागि स्टेडियम बनाइरहेको र क्रिकेट मैदानकाे समेत छिटै व्यवस्थापन हुने प्रमुख अतिथि यादवले बताए।
क्लबका अध्यक्ष अनिल यादवको अध्यक्षता रहेको सिजन टु क्रिकट खेलमा प्रथम हुने टिमलाई नगद रु ५५ हजार सहित मेडल,प्रमाणपत्र र द्वितीय हुने टिमलाई नगद रु ३० हजार सहित मेडल,प्रमाणपत्र वितरण गरिने क्लबका काेषाध्यक्ष राजन सहानीले जानकारी दिनुभयाे ।

कार्यक्रममा वडा नम्बर-४ का वडा अध्यक्ष मदन यादव,वडा नम्बर-९ का वडा अध्यक्ष भोजनारायण यादव,सामुदायिक रेडियो परासीका अध्यक्ष राजकुमार रेश्मी,कोषाध्यक्ष चन्द्रमणि चौधरी लगायतका अतिथिहरुकाे उपस्थिति रहेको थियो।आज पहिलो खेल पाल्हि बहुमुखी क्याम्पस र रामग्राम-१६ हकुई बीच भएको कार्यक्रम संचालक समाजसेवी दिपक क्षेत्रीले जानकारी दिनुभयाे।





भर्खरै
-
चन्दा असुल्दै नवलपरासीका सशस्त्र प्रहरी
-
बुटवल र भैरहवाका संवेदनशील क्षेत्रमा प्रशासनद्वारा कर्फ्यू जारी
-
नरेन्द्र कुमार गुप्ता : विद्यार्थी आन्दोलन देखि नगर प्रमुख सम्मको यात्रा
-
कपिलवस्तुमा सडकमुनी दबेको विस्फोटक पदार्थ पड्किँदा प्रहरी सतर्क
-
नवलपरासीमा उद्योगीहरुको आकर्षण बढ्दै
-
मेयर अर्यालको नेतृत्वमा महिलामैत्री शहर बन्दै सुनवल

पात्रो
गेम्स
रेडियो
युनिकोड