नरेन्द्र कुमार गुप्ता : विद्यार्थी आन्दोलन देखि नगर प्रमुख सम्मको यात्रा
ज्ञानेश्वर सहनी /परासी / भाद्र १८
स्थानीय राजनीतिमा नेतृत्व, व्यापारीक समुदायमा प्रतिनिधित्व र सामाजिक क्षेत्रमा सक्रियता यी सबै कुरा जोडिन्छन् नरेन्द्र कुमार गुप्ताको नामसँग। साधारण परिवारमा जन्मिए पनि उनले शिक्षा, राजनीति र समाजसेवामा देखाएको योगदानले उनलाई परासी , प्रदेश मात्र होइन, केन्द्रीयकै चर्चित नेतृत्वमा उभ्याएको छ। आगामी निर्वाचनहरूमा युवाहरूको तथा स्थानीयहरूको भावना लाई बुझ्न सक्ने र सम्मान गर्न सक्ने राष्ट्रिय राजनीतिकमा समेत योगदान पुर्याउन सक्ने सम्भावना र क्षमता रहेको बुझ्न सकिन्छ।

शैक्षिक आधार : गाउँबाट काठमाडौँ सम्म

साबिक परासी आदर्श गा.वि.स–४ मा गणेश प्रसाद गुप्ता र गिरिजा देवीका दोस्रो सुपुत्रका रूपमा जन्मिएका गुप्ताले पवन माध्यमिक विद्यालयबाट औपचारिक शिक्षा सुरु गरेका थिए। आदर्श माध्यमिक विद्यालयबाट एस.एल.सी. पास गरेपछि उनले पाल्पा बहुमुखी क्याम्पसमा अध्ययन जारी राखे।
भैरहवा बहुमुखी क्याम्पसबाट व्यवस्थापन संकायमा स्नातक सकाएका गुप्ता अझ उच्च शिक्षा हासिल गर्ने लक्ष्यसहित काठमाडौंको शंकरदेव क्याम्पस पुगे।
“शिक्षाले जीवनलाई दिशा दिन्छ भन्ने विश्वासमा म निरन्तर अघि बढेँ,” गुप्ता सम्झन्छन्।
विद्यार्थी राजनीतिबाट सक्रिय राजनीतितर्फ
गुप्ताको राजनीतिक यात्रा वि.सं. २०४८ सालमा नेपाल विद्यार्थी संघ मार्फत सुरु भयो। समाज र मुलुकको लागि केही गर्ने लक्ष्यले गर्दा उनले वि.सं. २०५१ सालमा नेपाली कांग्रेसको क्रियाशील सदस्यता पाए।
“विद्यार्थी आन्दोलनले मलाई राजनीति भनेको पदका लागि होइन, सेवाका लागि हो भन्ने पाठ सिकायो,” उनले भनेका छन्।
व्यवसायिक संलग्नता र उद्योग वाणिज्य संघ
राजनीतिसँगै गुप्ता लामो समयसम्म निजी क्षेत्रमा पनि सक्रिय रहे। उद्योग वाणिज्य महासंघ नवलपरासीमा विभिन्न पद सम्हाल्दै उनले व्यापारी र उद्यमशील समुदायको आवाज बुलन्द पारे। रोजगार सिर्जना, व्यवसाय प्रवर्द्धन र निजी क्षेत्रलाई नीतिगत सुधारमा जोड दिन उनले नेतृत्व गरेका अभियानहरू उल्लेखनीय छन्।
नगर प्रमुखको कार्यकाल : रामग्राम परासीको रुपान्तरण
वि.सं. २०७४ मा नेपाली कांग्रेसले नगर प्रमुखका उम्मेदवारका रूपमा गुप्तालाई अघि सार्यो। जनताले उनको अभियानलाई विश्वासका साथ समर्थन गर्दै निर्वाचित गराए।
उपलब्धि र सुधार
१) उनको नेतृत्वमा परासी नगरमा भौतिक पूर्वाधारदेखि प्रशासनिक सुधारसम्म उल्लेखनीय काम भएः
२) सडक, पुल र खानेपानीजस्ता आधारभूत पूर्वाधारमा विस्तार
३) विद्यालय र स्वास्थ्य सेवामा पहुँच बढाउने प्रयास
४)नगर प्रशासनलाई व्यवस्थित र पारदर्शी बनाउन डिजिटल प्रणालीको सुरुवात
५)सरसफाइ र वातावरणमैत्री अभियान
६)व्यवसाय र कृषि प्रवर्द्धनका नीतिगत पहल
७) बस पार्क निर्माण
८) कोरोना महामारीमा जनताका लागि सबै थोक, आफू चड्ने गाडी एम्बुलेन्स बनाएका
९) जेष्ठ नागरिकसँग स्वास्थ्य मेयर कार्यक्रम
१०) बालमैत्री नगर घोषणा कार्य
११) युवाहरूको जोश र जाँगर को लागि राष्ट्रको लागि उपयोगी बनाउनका लागि रामग्राम नगरपालिका वडा नं ४ पाल्ही बहुमुखी क्याम्पसको जग्गामा व्यवस्थित स्टेडियमको निर्माण
१२) जीड भएको पाल्ही बहुमुखी क्याम्पसलाई पुननिर्माण गरी व्यवस्थित पूर्वाधार को रूपमा शैक्षिक रुपमा व्यवस्थित गरेको कार्य
१३) विश्व बैंकको अनुदानमा परासी देखि पर्यटकीय पण्डितपुरसम्म जोड्ने अत्याधुनिक व्यवस्थापन सहितको सडक निर्माण
१४) पृथ्वीचन्द्रलाई सबवाहनको रुपमा एम्बुलेन्स हस्तान्तरण
१५) परासीमा घण्टाघरको निर्माण
नगरवासीले उनको कार्यकाललाई “व्यवस्थित नेतृत्वको नमुना” का रूपमा लिने गरेका छन्।
भविष्य दृष्टि
गुप्ता अझै पनि राजनीतिक रूपमा सक्रिय छन्। उनका अनुसार, “जनताको चाहना र भावनालाई सम्मान गर्दै भविष्यमा अझ रचनात्मक काम गर्ने मेरो संकल्प छ।”
उनले शिक्षा, स्वास्थ्य, कृषि र प्रशासनिक सुधारलाई आगामी दिनमा पनि आफ्नो प्राथमिकतामा राख्ने जनाएका छन्।
निष्कर्ष
साधारण परिवारमा जन्मिएर शिक्षा, राजनीति र व्यवसायिक क्षेत्र हुँदै नगर प्रमुख बनेका नरेन्द्र कुमार गुप्ता अहिले पनि जनताको बीचमा लोकप्रिय छन्। उनका समर्थकहरू भन्छन्, “गुप्ताले परासीलाई नयाँ स्वरूप दिएका छन्।”
राजनीतिक परिपक्वता, सामाजिक सेवाप्रतिको प्रतिबद्धता र विकासप्रतिको दृष्टिकोणले उनलाई परासीको मात्र होइन, प्रदेश मात्र होइन , राष्ट्रिय स्तरको सम्भावित नेतृत्वका रूपमा स्थापित गरेको देखिन्छ।





भर्खरै
-
महेशपुर स्थित रास्वपा सम्पर्क कार्यालयमा तोडफोड, ‘हतास मानसिकताको उपज’ : रास्वपा नवलपरासी
-
देवेन्द्र राज कँडेललाई ‘शंकर भगवान’को दर्जा, अभिव्यक्तिप्रति प्रश्न
-
रविको नवलपरासी कार्यक्रम यथावत्, भ्रममा नपर्न रास्वपाको आग्रह
-
थुम्हवा–भैरहवा सडकखण्डमा दुई बस ठोक्किँदा दुर्घटना, ५ जना घाइते
-
रामचन्द्र मल्लाहलाई अखिल नेपाल मजदुर निर्माण संघको सम्मान, १० हजार नगद सहयोग प्रदान
-
महेशपुर भन्सारमा गोप्य ‘रात्री लिलामी’को आरोप;मिलेमतो, राजस्व चुहावट र मौन राज्य संयन्त्र

पात्रो
गेम्स
रेडियो
युनिकोड