खेलाडीहरूलाई प्रोत्साहन गर्नका लागि समाजसेवी वीरेन्द्र यादवद्वारा खेलकुद सामग्री सहयोग

नवलपरासी / जेठ २९
बिरेन्द्र यादव सरावल गाउँपालिका वडा नम्बर ६ भुजहवाबासि हुन् । उनी ब्यवसायिक र राजनीतिमा सक्रिय छन् नै त्योभन्दा बढ्ता समाजसेवामा तल्लिन छन् । गरिव, दुःखी र असहायको दुखमा मल्हम लगाउने उनको अधिकांश समय सामाजिक कार्यमा वित्छ ।

यादव समाजसेवा जस्तै खेलकुदको विकासमा पनि रुची राख्छन् । उनको खेलमा लगाव छ नै खेलकुदको विकासमा पनि लगानी गर्न हिच्किचाउँदैनन् । उनले खेलकुदको विकासका लागि खेलाडीलाई प्रोत्साहन गर्न खेलकुदका सामग्री वितरण गर्दै आएका छन् ।

सरावल उद्योग बाणिज्य संघका बरिस्ठ उपाध्यक्ष समेत रहेका यादवले खेलाडीलाई प्रोत्साहन गर्न बुधबार सरावलका युवाहरुलाई भलिबल र नेट जाली हस्तान्तरण गरेका छन् ।
‘समाजसेवा मेरो प्राथमिकता हो भने खेलकुद मेरो दोस्रो प्राथमिकतामा पर्दछ,’ उनले भने, ‘खेलकुदले मानिसलाई अनुशासित र स्वस्थ बनाउँछ नै यसले आर्थिक उपार्जनमा समेत टेवा पुर्याउँछ ।’

युवाहरुको मानसिक र शारिरीक स्वास्थ्यको विकास मार्फत समग्र समाज र देश स्वस्थ भएको देख्न चाहेको समाजसेवी यादवले बताए । उनले युवाहरु देशका सम्पत्ति हुन् तपाईहरु रचनात्मक कार्यमा लाग्नका लागि र खेल मार्फत स्वस्थ रहनका लागि खेलकुद सामग्री सहयोग गरेको बताए ।
समाजसेवी यादव हरेक समयमा दिनदुखि तथा असहायकाे घाउमा मलहम लगाउदै आइरहेका छन। उनी मिलनसार सहयोगी भएकोले सबैकाे प्रिय पात्र बनेका छन।





भर्खरै
-
प्रतापपुर पुर्ण संस्थागत प्रसुती सेवायुक्त पालिका घोषणा
-
भैरहवा स्थित अक्वा पार्कको स्विमिङ पुलमा डुबेर एक युवकको मृत्यु
-
समाजसेवामा सदैव अग्रसर बिरेन्द्र यादव
-
खेलाडीहरूलाई प्रोत्साहन गर्नका लागि समाजसेवी वीरेन्द्र यादवद्वारा खेलकुद सामग्री सहयोग
-
एकै घरका दुई भाई अधिवक्ता
-
सेवा आश्रम तथा बृद्धाश्रमलाई सरावल गाउँपालिकाद्वारा सामाग्री सहयोग