खेलाडीहरूलाई प्रोत्साहन गर्नका लागि समाजसेवी वीरेन्द्र यादवद्वारा खेलकुद सामग्री सहयोग
नवलपरासी / जेठ २९
बिरेन्द्र यादव सरावल गाउँपालिका वडा नम्बर ६ भुजहवाबासि हुन् । उनी ब्यवसायिक र राजनीतिमा सक्रिय छन् नै त्योभन्दा बढ्ता समाजसेवामा तल्लिन छन् । गरिव, दुःखी र असहायको दुखमा मल्हम लगाउने उनको अधिकांश समय सामाजिक कार्यमा वित्छ ।

यादव समाजसेवा जस्तै खेलकुदको विकासमा पनि रुची राख्छन् । उनको खेलमा लगाव छ नै खेलकुदको विकासमा पनि लगानी गर्न हिच्किचाउँदैनन् । उनले खेलकुदको विकासका लागि खेलाडीलाई प्रोत्साहन गर्न खेलकुदका सामग्री वितरण गर्दै आएका छन् ।

सरावल उद्योग बाणिज्य संघका बरिस्ठ उपाध्यक्ष समेत रहेका यादवले खेलाडीलाई प्रोत्साहन गर्न बुधबार सरावलका युवाहरुलाई भलिबल र नेट जाली हस्तान्तरण गरेका छन् ।
‘समाजसेवा मेरो प्राथमिकता हो भने खेलकुद मेरो दोस्रो प्राथमिकतामा पर्दछ,’ उनले भने, ‘खेलकुदले मानिसलाई अनुशासित र स्वस्थ बनाउँछ नै यसले आर्थिक उपार्जनमा समेत टेवा पुर्याउँछ ।’
युवाहरुको मानसिक र शारिरीक स्वास्थ्यको विकास मार्फत समग्र समाज र देश स्वस्थ भएको देख्न चाहेको समाजसेवी यादवले बताए । उनले युवाहरु देशका सम्पत्ति हुन् तपाईहरु रचनात्मक कार्यमा लाग्नका लागि र खेल मार्फत स्वस्थ रहनका लागि खेलकुद सामग्री सहयोग गरेको बताए ।
समाजसेवी यादव हरेक समयमा दिनदुखि तथा असहायकाे घाउमा मलहम लगाउदै आइरहेका छन। उनी मिलनसार सहयोगी भएकोले सबैकाे प्रिय पात्र बनेका छन।





भर्खरै
-
नवलपरासी– २ मा वन र भ्रष्टाचार मुद्दाका अभियुक्त थापा उम्मेदवार – चौतर्फी आलोचना
-
नेपाली काँग्रेस नवलपरासीमा बढ्यो नेता कार्यकर्ताको असन्तुष्टि; छोड्न थाले पार्टी
-
एतिहासिक, धार्मिक, पर्यटकीय र पुरातात्विक सम्पदाको संरक्षण गरिन्छ : नरेन्द्र गुप्ता
-
घरदैलो अभियान सुरु गर्दै नरेन्द्र गुप्ताले भने; जनतामा उत्साह छ
-
महेशपुर भन्सार पूर्ण रूपमा सञ्चालन भए मात्रै हजारौं रोजगारी सम्भव छ : नरेन्द्र गुप्ता
-
महेशपुर स्थित रास्वपा सम्पर्क कार्यालयमा तोडफोड, ‘हतास मानसिकताको उपज’ : रास्वपा नवलपरासी

पात्रो
गेम्स
रेडियो
युनिकोड