समाजसेवामा सदैव अग्रसर बिरेन्द्र यादव
नवलपरासी ,२९ जेठ
पश्चिम नवलपरासीमा सबैले चिन्ने नाम हो बिरेन्द्र यादव । समाजसेवामा सदैव अग्रसर रहने यादव आफुलाई कसरी समाजसेवामा समर्पित गरौ भन्ने रातदिन पिरल्दो रहेछ ।

सरावल उद्योग बाणिज्य संघका बरिस्ठ उपाध्यक्ष समेत रहेका यादवलाई जनताले एकदमै रूचाएका छन ।


दुुखमा परेका मानिसहरूको उद्दार गर्ने गरेकोले उनको सरावल गाउँपालिकादेखि जिल्लासम्म व्यापक चर्चा छ।
सरावल-६ भुजहवा घर रहेको यादव ब्यवसायी समेत हुन । उनले आफ्नो पालिका भित्रका विपन्न परिवारमा कसैको मृत्यु भए आफ्नो निजी गाडी शव वाहनका लागि निः शुल्क उपलब्ध गराउने घोषणा गरेका छन् ।
पैसाको अभावमा मृत्तकको शव व्यवस्थापनमा समस्या नहोस् भनेर पालिकाबासीको दुःखमा साथ दिदै आइरहेका छन ।
सरावल भित्र बसोबास गर्ने विपन्न परिवारका सदस्यको पिकअप भ्यान निशुल्क उपलब्ध गराउदै आइरहनु भएको छ। ‘मृत्यु एउटा दुखको अन्तिम अवस्था हो, यस्तो अवस्थामा पैसाको अभावले कोही पनि समस्यामा पर्नु हुदैन्, दुःखको बेला साथ दिनु हाम्रो पनि जिम्मेवारी रहेको धारणा राख्नुहुन्छ ।

समाजसेवी यादवले आर्थीक अवस्था कमजोर भएको ब्यक्तिहरूलाई उद्दार गर्न लागि परेको कारण उनी नवलपरासीमा लोकप्रिय बनेका हुन् ।
समासेवामा राम्रो काम गरेकोले उनलाई युवादेखी बृद्धसम्म सबैले रुचाउने गरेका छन ।





भर्खरै
-
नवलपरासी– २ मा वन र भ्रष्टाचार मुद्दाका अभियुक्त थापा उम्मेदवार – चौतर्फी आलोचना
-
नेपाली काँग्रेस नवलपरासीमा बढ्यो नेता कार्यकर्ताको असन्तुष्टि; छोड्न थाले पार्टी
-
एतिहासिक, धार्मिक, पर्यटकीय र पुरातात्विक सम्पदाको संरक्षण गरिन्छ : नरेन्द्र गुप्ता
-
घरदैलो अभियान सुरु गर्दै नरेन्द्र गुप्ताले भने; जनतामा उत्साह छ
-
महेशपुर भन्सार पूर्ण रूपमा सञ्चालन भए मात्रै हजारौं रोजगारी सम्भव छ : नरेन्द्र गुप्ता
-
महेशपुर स्थित रास्वपा सम्पर्क कार्यालयमा तोडफोड, ‘हतास मानसिकताको उपज’ : रास्वपा नवलपरासी

पात्रो
गेम्स
रेडियो
युनिकोड