बर्दघाट नगरपालिकामा जेष्ठ १६ गते देखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुने
रंजीत शर्मा/ नवलपरासी/ १३ जेष्ठ
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८१ जेष्ठ १६ गते देखि १८ गते सम्म बिहान ७ बजे देखि ११ बजे सम्म भव्य रूपमा सुरु हुने भएको छ। स्थानीय खेल प्रतिभा पहिचान तथा प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिता पालिकाका विभिन्न विद्यालयहरूको सहभागितामा सम्पन्न हुनेछ।


अध्याधिक गर्मीका कारण कार्यक्रम बिहान ७ बजे देखि ११ बजे सम्म र दिउँसो ४ बजे देखि ६ बजे सम्म गरी २ सिफ्टमा औपचारिक रूपमा हुने भएको छ। यस प्रतियोगितामा छात्र र छात्रा दुवै तर्फका खेलाडीहरूले एथलेटिक्स, खोखो कराँते, तेक्वान्दो,भलिबल, उसु, कबड्डी, दौड, जम्प लगायतका विभिन्न खेलकुदमा प्रतिस्पर्धा गर्नेछन्।


बर्दघाट नगरपालिकाका नगर प्रमुख सम्भु लाल श्रेष्ठले विविध कारणले जाडो मौसममा खेलकुद गराउन नसकेका हाल गर्मी मौसम हुने भएकोले बिहानको समयमा मात्र सञ्चालन हुने बताउँदै प्रतियोगिताले खेलकुद मार्फत अनुशासन, आत्मविश्वास र सहकार्यको भावना विकास गर्न मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो।

प्रतियोगिता आगामी चार दिनसम्म सञ्चालन हुने र अन्तिम दिन उत्कृष्ट प्रदर्शन गर्ने विद्यालय तथा खेलाडीहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिने आयोजक विद्यालयका प्रधानाध्यापक विनोद खनालले जानकारी दिएका छन्।





भर्खरै
-
नवलपरासी– २ मा वन र भ्रष्टाचार मुद्दाका अभियुक्त थापा उम्मेदवार – चौतर्फी आलोचना
-
नेपाली काँग्रेस नवलपरासीमा बढ्यो नेता कार्यकर्ताको असन्तुष्टि; छोड्न थाले पार्टी
-
एतिहासिक, धार्मिक, पर्यटकीय र पुरातात्विक सम्पदाको संरक्षण गरिन्छ : नरेन्द्र गुप्ता
-
घरदैलो अभियान सुरु गर्दै नरेन्द्र गुप्ताले भने; जनतामा उत्साह छ
-
महेशपुर भन्सार पूर्ण रूपमा सञ्चालन भए मात्रै हजारौं रोजगारी सम्भव छ : नरेन्द्र गुप्ता
-
महेशपुर स्थित रास्वपा सम्पर्क कार्यालयमा तोडफोड, ‘हतास मानसिकताको उपज’ : रास्वपा नवलपरासी

पात्रो
गेम्स
रेडियो
युनिकोड