बर्दघाटमा स्कुल बस र यात्रुवाहक बस आपसमा ठोक्किँदा २० जना घाइते
नवलपरासी
पश्चिम नवलपरासीको बर्दघाटमा यात्रुवाहक बस र स्कुल बस आपसमा ठोक्किँदा १४ जना विद्यार्थी सहित २० जना घाइते भएका छन्।

बर्दघाट नगरपालिका वडा नं. २ र ४ को सिमानामा पर्ने चिसापानी सामुदायिक अस्पताल अगाडि सोमबार बिहान भएको दुर्घटनामा गम्भीर घाइतेहरूलाई अस्पताल लगिएको छ।

नवलपरासी सुस्ता गाउँपालिका निवासी प्राविधिक बिरेन्द्र मण्डल चढेको बा २ ब ६५४९ नम्बरको मोटरसाइकल अचानक सडक पार गर्दा ग २ ख १५७४ नम्बरको यात्रुवाहक बसले ठक्कर दिएको थियो। ठक्करपछि बस अनियन्त्रित भई सडक किनारमा रोकेर विद्यार्थी चढाइरहेको बर्दघाट नगरपालिका वडा नं. १२ भुताहस्थित ग्लोबल एकेडेमीको लु १ ख ८७० नम्बरको स्कुल बसलाई ठक्कर दिएको थियो।
दुर्घटनामा १४ विद्यार्थी र ६ अन्य यात्रु घाइते भएका छन्। स्थानीयबासी र प्रहरीको सहयोगमा घाइतेहरूलाई उपचारका लागि अस्पताल पठाइएको छ। दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






भर्खरै
-
चन्दा असुल्दै नवलपरासीका सशस्त्र प्रहरी
-
बुटवल र भैरहवाका संवेदनशील क्षेत्रमा प्रशासनद्वारा कर्फ्यू जारी
-
नरेन्द्र कुमार गुप्ता : विद्यार्थी आन्दोलन देखि नगर प्रमुख सम्मको यात्रा
-
कपिलवस्तुमा सडकमुनी दबेको विस्फोटक पदार्थ पड्किँदा प्रहरी सतर्क
-
नवलपरासीमा उद्योगीहरुको आकर्षण बढ्दै
-
मेयर अर्यालको नेतृत्वमा महिलामैत्री शहर बन्दै सुनवल

पात्रो
गेम्स
रेडियो
युनिकोड