बिहीबार, ०१ फागुन २०८१
ताजालोकप्रिय
खेलकुद

पाल्हीनन्दन गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

१३ जेष्ठ २०८२, सोमबार
१३ जेष्ठ २०८२, सोमबार

रंजीत शर्मा / नवलपरासी / १२ जेष्ठ


पश्चिम नवलपरासी स्थित पाल्हीनन्दन गाउँपालिकामा पालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता- २०८१ हरपुर माध्यमिक विद्यालयको खेल मैदानमा सुरु भएको छ। प्रतियोगिता जेष्ठ १५ गतेसम्म चल्नेछ भने हालको अत्यधिक गर्मीलाई ध्यानमा राख्दै बिहान ६ बजेदेखि ९ बजेसम्म सञ्चालन भइरहेको छ।

यस प्रतियोगिताको औपचारिक उद्घाटन हरपुर मा.वि.का विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ध्रुव नारायण बानियाँको अध्यक्षता तथा पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजु प्रसाद गुप्ताको प्रमुख आतिथ्यमा सम्पन्न भयो। उद्घाटन दिन छात्र र छात्रा दुवै तर्फ ८०० मिटर र २०० मिटर दौड प्रतियोगिता सफलता पूर्वक सम्पन्न गरिएको छ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि गुप्ताले, “खेलकुद केवल मनोरञ्जनको विषय होइन, यो शारीरिक र मानसिक विकासका साथै राष्ट्र निर्माणको आधार रहेको बताए। उनले भने विविध कारणले जाडो मौसममा प्रतियोगिता सञ्चालन गर्न नसकेको तर विद्यार्थीको प्रतिभा उजागर गर्न गर्मी मौसममा भए पनि बिहान समय मिलाई यो प्रतियोगिता आयोजना गरिएको स्पष्ट गरे। प्रतियोगिता बिहानको समय सीमामा मात्र सञ्चालन गरी विद्यार्थीलाई गर्मीबाट जोगाउने प्रयास गरिएको उनले बताए।

१० विद्यालयको सहभागिता, विभिन्न खेलमा प्रतिस्पर्धा
यस प्रतियोगितामा पाल्हीनन्दन गाउँपालिकाभित्रका १० वटा विद्यालयहरूको सहभागिता रहेको छ। चार दिनसम्म सञ्चालन हुने प्रतियोगितामा छात्र र छात्रा दुवै तर्फका खेलाडीहरूले एथलेटिक्स, फुटबल, भलिबल, कबड्डी, दौड, जम्प लगायतका विभिन्न विधामा प्रतिस्पर्धा गर्नेछन्।

अन्तिम दिन जेष्ठ १४ गते सम्पन्न हुने समापन समारोहमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यालय र खेलाडीहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिने आयोजकले जानकारी दिएको छ।यो प्रतियोगिता पालिकामा लुकेका खेल प्रतिभाहरूको पहिचान गर्दै तिनीहरूलाई जिल्ला, प्रदेश हुँदै राष्ट्रिय स्तरसम्म पुर्‍याउने दिशामा एक महत्वपूर्ण पाइला बन्ने विश्वास आयोजकको रहेको छ।

कार्यक्रममा पाल्हीनन्दन गाउँपालिकाका उपाध्यक्ष फातुमा खातुन अन्सारी (सकिना) के स्वागत मन्तव्य राखेका थिइन् भने नेपाल प्रहरी नवलपरासीका प्रहरी उपरीक्षक (एसपी) अनुपम श्रेष्ठ, शसस्त्र प्रहरी बल नवलपरासीका एसपी सन्तोष रायमाझी, राष्ट्रिय अनुसन्धान कार्यालयका उप-निर्देशक विमल घिमिरे, वार्ड अध्यक्षहरु, राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधिहरू लगायतको उपस्थिति रहेको थियो।

लेखकको बारेमा