घुस रकमले गदगद पाल्हीनन्दनका प्रशासकीय अधिकृत यादव सम्पर्क विहिन; लाखौं रुपैयाँ घुस लिएको आरोप
नवलपरासी |३० असार
पश्चिम नवलपरासीस्थित पाल्हीनन्दन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रंजीत यादव घुस लिएको आरोपसँगै फरार भएका छन्। सेवाग्राहीहरूका अनुसार यादवले भुक्तानी प्रक्रियामा १५ प्रतिशत कमिसन अनिवार्य बनाएर मात्र काम अघि बढाउने गरेका थिए।

गाउँपालिकामा यादवले आफ्नो कार्यभार सम्हालेपछि केही समय सेवाग्राहीहरूमा आशा जागेको थियो। तर त्यो अपेक्षा छोटो समयमै निराशामा परिणत भयो। सेवा प्रवाहका क्रममा उनले घुस लिने प्रथा सुरु गरे र जसले कमिसन बुझायो, उसकै मात्रै काम अघि बढाइयो भने बाँकीको काम रोकिएको बताइएको छ।

स्थानीय स्रोतका अनुसार आर्थिक वर्ष २०८१/०८२ को आषाढ २४ र २५ गते गाउँपालिकामा औपचारिक उपस्थित भए पनि यादवले कार्यालयको नियमित प्रक्रिया पालना नगरी सीमित कर्मचारीमार्फत गोप्यरुपमा घुस असुली गर्न थाले। उनले दुई दिनमै लाखौं रुपैयाँ घुस संकलन गरेको र त्यसपछि सम्पर्कविहीन बनेको बताइएको छ।
पूर्व प्रमुख प्रशासकीय अधिकृत बृज किशोर प्रसादको सरुवापछि आएका यादवको यस किसिमको गतिविधिले पालिकामा अस्थिरता ल्याएको छ। सेवाग्राहीहरू अहिले आफू ठगिएको भन्दै आक्रोशित छन् र घटनाको छानबिनको माग गरेका छन्। अहिले करौडौं भन्दा बढीको भुक्तानी भएको छैन्।





भर्खरै
-
रुपन्देही क्षेत्र नं ४ मा कांग्रेसको उम्मेदवार सिफारिस
-
जन्मदिनमा माहीले गरे विद्यार्थीहरुलाई जुत्ता सामग्री वितरण
-
रुपन्देहीको ट्राफिक व्यवस्थापन अस्तव्यस्त सडकमा ट्राफिक प्रहरी असुलीमा मस्त
-
कञ्चनरुपमा छात्रवृत्ति दोहोरो निकासा, अनियमितता छोप्न पत्रकारमाथि हातपात : स्थानीय तहमा प्रशासनिक मिलेमतोको पर्दाफास
-
सुस्ताको बालुवा खानी क्षेत्रबाट बालुवा तस्करी,प्रहरी मौन
-
ईलाका प्रहरी कार्यालय मझगावाँ ले नागरिक सुनवाई कार्यक्रम सम्पन्न

पात्रो
गेम्स
रेडियो
युनिकोड