पाल्हीनन्दन गाउँपालिका पूर्ण खोप पालिका घोषणा
रंजीत शर्मा/ नवलपरासी, १ जेष्ठ।
“पूर्ण खोप, सुरक्षित भविष्य” भन्ने मुल नाराका साथ पाल्हीनन्दन गाउँपालिकाले आफ्ना १५ महिनासम्मका सम्पूर्ण बालबालिकालाई नियमित खोप सुनिश्चित गर्दै पूर्ण खोप पालिकाको रूपमा ऐतिहासिक घोषणा गरेको छ।
सो कार्यक्रम पालिकाका अध्यक्ष बैजु प्रसाद गुप्ता (दीपक) को अध्यक्षता तथा जिल्ला समन्वय समिति, नवलपरासीका प्रमुख भगवती प्रसाद यादव (रुदल) को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रमले पालिकाभित्रका बालबालिकाहरूको स्वास्थ्य सुरक्षामा ऐतिहासिक कोसेढुंगा स्थापित गरेको छ।


कार्यक्रममा बोल्दै प्रमुख अतिथि यादवले पालिकाको यो प्रयास केवल औपचारिकता नभई स्वास्थ्य र मानव विकास तर्फको दीर्घकालीन लगानी भएको स्पष्ट पारे। उनले भने, “बालबालिकाको खोप सुनिश्चित गर्नु भनेको उज्यालो भविष्यको बीउ रोप्नु हो।”

यो घोषणा सँगै पाल्हीनन्दन गाउँपालिका अब बाल स्वास्थ्य सुरक्षाका मापदण्डमा अग्रणी बनेको छ। स्वास्थ्यकर्मीहरूको निरन्तर प्रयास, स्थानीय सरकारको योजनाबद्ध कार्यान्वयन, गैर सरकारी संस्थाहरु सहयोग तथा अभिभावकहरूको सहकार्यले पालिकालाई यो उपलब्धिमा पुर्याएको जनाइएको छ।

कार्यक्रममा सहभागी भएका प्रमुख जिल्ला अधिकारी हीरा लाल रेग्मी, जिल्ला प्रहरी कार्यालय नवलपरासीका एसपी अनुपम श्रेष्ठ, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख, विभिन्न वडा अध्यक्षहरू, स्वास्थ्यकर्मी, महिला स्वयमसेविका तथा अभियन्ताहरुले पूर्ण खोपको सुनिश्चिततालाई दीगो रूपमा कायम राख्न सबैले मिलेर सहकार्य गर्नुपर्नेमा जोड दिएका थिए।
पालिकाका अध्यक्ष बैजु प्रसाद गुप्ताले आगामी दिनमा स्वास्थ्य सेवा प्रणालीलाई अझ सुदृढ बनाउँदै नागरिकको आधारभूत अधिकारलाई अझ प्रभावकारी रूपमा सुनिश्चित गरिने प्रतिबद्धता जनाए। उनले थपे, “यो पूर्ण खोपको घोषणा हाम्रो पालिकाको समर्पण र सफल स्वास्थ्य योजनाको प्रतिफल हो। अब हामी यसलाई दीगो बनाउँदै लैजानेछौं।”
घोषणा सभामा स्वास्थ्य कर्मीहरुलाई सम्मान गरिएको छ भने अन्य छुटेका तथा बाकी रहेका सबै बालबालिकाहरु लाई लगाउँदै खोपको स्थायीत्व सुनिश्चित गर्न कार्य गर्न बताईएको छ।






भर्खरै
-
नवलपरासी– २ मा वन र भ्रष्टाचार मुद्दाका अभियुक्त थापा उम्मेदवार – चौतर्फी आलोचना
-
नेपाली काँग्रेस नवलपरासीमा बढ्यो नेता कार्यकर्ताको असन्तुष्टि; छोड्न थाले पार्टी
-
एतिहासिक, धार्मिक, पर्यटकीय र पुरातात्विक सम्पदाको संरक्षण गरिन्छ : नरेन्द्र गुप्ता
-
घरदैलो अभियान सुरु गर्दै नरेन्द्र गुप्ताले भने; जनतामा उत्साह छ
-
महेशपुर भन्सार पूर्ण रूपमा सञ्चालन भए मात्रै हजारौं रोजगारी सम्भव छ : नरेन्द्र गुप्ता
-
महेशपुर स्थित रास्वपा सम्पर्क कार्यालयमा तोडफोड, ‘हतास मानसिकताको उपज’ : रास्वपा नवलपरासी

पात्रो
गेम्स
रेडियो
युनिकोड