बिहीबार, ०१ फागुन २०८१
ताजालोकप्रिय
Uncategorized

सेवा आश्रम तथा बृद्धाश्रमलाई सरावल गाउँपालिकाद्वारा सामाग्री सहयोग

१७ जेष्ठ २०८२, शुक्रबार
१७ जेष्ठ २०८२, शुक्रबार

नवलपरासी ,१५ जेठ

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाद्वारा मानव सेवा आश्रम तथा बृद्धाश्रमलाई सामाग्री सहयोग गरिएको छ।

गणतन्त्र दिवसको अवसरमा सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीले सुनवल नगरपालिका १३ मा रहेको बृद्धाश्रममा गई छाता ,कम्बाेट बुट , चप्पल ,सुपानेट झुल लगाएतकाे सामाग्री हस्तान्तरण गर्नु भएको हाे।

त्यस्तै बिहीबार नै पालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरी र उपाध्यक्ष बासमति हरिजनले रुपन्देहीको तिलाेत्तमामा रहेको मानव सेवा आश्रममा गई खाद्यान्न सामाग्री सहयोग गर्नुभएको हाे ।

पालिका अध्यक्ष चाैधरी र उपाध्यक्ष हरिजन नेतृत्वकाे टाेलिले मानव सेवा आश्रममा गई रु.१ लाख बराबरको चामल, दाल, तेल, चिउरा लगाएत खाद्यान्न ,औषधि तथा सरसफाइ सामाग्री मानव सेवा आश्रमकाे केन्द्रीय सदस्य सरु अधिकारी र केन्द्रीय सदस्य एवं जिल्ला काेडिनेटर टिकामाया थापालाई सामाग्री हस्तान्तरण गर्नुभएको हाे।

पालिका अध्यक्ष चाैधरीले बृद्धाश्रम र मानव सेवा आश्रममा दैनिक उपभाेग्य सामाग्री र खाद्यान्न सामाग्री सहयोग गर्न पाउँदा आफू निकै हर्षित भएको बताउनुभयो । स्थानीय तहले बार्षिक बजेट बनाउदा यस्ता मानविय कामकाे लागि पनि सम्बाेधन गर्नुपर्छ भन्ने लागेर आफू निर्वाचित भएर आएदेखि सहयोग गर्दै आएको बताउनुभयो । अध्यक्ष चाैधरीले हामी सबैले आफ्नाे जिवनकाे कमाइकाे केही प्रतिशत यस्ता मानविय काममा सहयोग गर्नुपर्छ भनेर आम जनसमुदायका ब्यक्तिहरुलाई पनि आग्रह गर्दै ‘सेवा नै मुल धर्म हो’ भन्ने पवित्र भावनालाई आत्मसात गर्दै आगामी दिनमा पनि यस्ता कामलाई निरन्तरता दिने बताउनुभयो ।

मानव सेवा आश्रमकाे केन्द्रीय सदस्य सरु अधिकारीले सहयोग गरेकोप्रति सरावल गाउँपालिका अध्यक्ष , उपाध्यक्ष र पालिका परिवारलाई धन्यवाद व्यक्त गर्दै भावी दिनमा समेत सहयोगको अपेक्षा रहेको बउनु भएको थियाे।

सामाग्री हस्तान्तरण कार्यक्रममा सरावल उद्योग बाणिज्य संघका बरिस्ठ उपाध्यक्ष बिरेन्द्र यादव ,परासी प्रेस क्लबका अध्यक्ष माेहन पाैडेल , बाल सहजकर्ता सन्जय माैर्य , सरावल प्रेस क्लबका अध्यक्ष उमेश बि.क , सरावल प्रेस क्लबका उपाध्यक्ष भुप नारायण चाैधरी लगाएको उपस्थिति रहेको थियो ।

मानवसेवा आश्रम तिलाेत्तमाले विगत ३ वर्षदेखि खुला सडकपेटी एवं सार्वजनिक स्थलहरूमा कष्टपूर्ण जीवन बिताउन बाध्य सहयोगापेक्षी, बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, शारीरिक तथा मानसिकरुपमा कमजोर मानवहरूको उद्धार, उपचार, पालनपोषण, संरक्षण एवं पारिवारिक पुनर्मिलन गराउँदै आइरहेको छ।

हाल १३५ व्यक्तिलाई आश्रमले आश्रय दिएको छ। उनीहरुलाई खाना, नाना र छाना आश्रमले दिई रहेको छ।

लेखकको बारेमा