चन्दा असुल्दै नवलपरासीका सशस्त्र प्रहरी
नवलपरासी / कार्तिक १७
पश्चिम नवलपरासीका सशस्त्र प्रहरीले किसानले ल्याउँदै गरेको भारतीय मल प्रतिबोरा ५० रुपैयाँ चन्दा असुल्दै गरेको छन्।

गहुँ को सिजनमा आवश्यक मल राज्यले आपूर्ति गर्न सकिरहेको छैन । कृषि सामग्री कम्पनीमार्फत् आउने अनुदानसहितको रसायनिक मलखाद सहज आपूर्ति हुन नसकिरहेको समय जसोतसो भारतीय क्षेत्रबाट ल्याउँदा भुजहवा र गेर्मी मा सशस्त्र प्रहरीले प्रति बोरा ५० रुपैयाँको दलले उठाउँदै आएको एक किसान ले जानकारी दिनुभएको छ ।


राज्यबाट पनि आपूर्ति नहुने र भारतीय क्षेत्रबाट ल्याउँदा
सशस्त्र प्रहरीले ५० रुपैयाँको दरले उठाउन थालेपछि झन् अहिले किसानहरु तीन गुणा मूल्य तिरेर मलखाद खरिद गर्न बाध्य भएका छन् ।
भारतमा मात्र २ सय ६६ भारु अर्थात ५ सय मा पाउने युुरिया १२ सय देखि १५ सयमा पाउने थालेपछि किसानहरु झन् मार्कामा परेको छन्।
कृषि प्रधान देशमा बिउ तथा मलखाद राज्यले किसानलाई सहज उपलब्ध गराउनुुपर्ने थियो । किसानले ल्याउने मलखाद बाट पनि चल्दा उठाउने काम सशस्त्र प्रहरीले गर्दै आइरहेको छ । यस विषयमा सूचना लिन को लागि बीओपी भुजहवाका इस्पेक्टर सन्तोष थापा सँग जानकारी लिँदा हामीलाई जानकारी नभएको र हाम्रो सूचना अधिकारी ज्यूसँग कुरा गर्नुस् भनेर फोन काटिदिनुभएको छ।

त्यस्तै भारतीय बजार बर्गदवा हुँदै गेर्मी , सनई बाट तरकारी , घरायसी सामान , शादी विवाहको सामान लगायत सानातिना साइकिलवालाहरूसँग १००,५० लिँदै गरेको एक किसानले बताएको छन्।
सशस्त्र प्रहरी बल नेपाल सिमा सुरक्षा गुल्म हरपुर बाट सशस्त्र प्रहरी नायब उपरीक्षक डिएसपी सन्तोष अधिकारीलाई फोन गर्दा
पटकपटक फोन गर्दा फोन नउठेपछि सशस्त्र प्रहरी बल २६ नम्बर गण का एसपी सन्तोष रायमाझी लाई फोन गर्दा उनको पनि फोन नउठेको ले यसरी थाहा हुन्छ कि यसमा सशस्त्र प्रहरी मिलोमतो रहेको छ ।
नवलपरासीमा जिल्ला भर पछिल्लो समय अबैध सामान ओसारपसारमा कमि आएता पनि सिमावर्ती सशस्त्र प्रहरीको मिलोमतोमा दैनिक रुपमा तस्करी हुँदा पनि सशस्त्र प्रहरी भने बेखबर जस्तैः छ ? सिमावर्ति सशस्त्र प्रहरी प्रशासन कै मिलोमातोमा यस्तो अबैध कार्य भैरहदा नियमन नगर्न्र निकायले कार्वाही गर्ला कि नगर्ला ?





भर्खरै
-
चन्दा असुल्दै नवलपरासीका सशस्त्र प्रहरी
-
बुटवल र भैरहवाका संवेदनशील क्षेत्रमा प्रशासनद्वारा कर्फ्यू जारी
-
नरेन्द्र कुमार गुप्ता : विद्यार्थी आन्दोलन देखि नगर प्रमुख सम्मको यात्रा
-
कपिलवस्तुमा सडकमुनी दबेको विस्फोटक पदार्थ पड्किँदा प्रहरी सतर्क
-
नवलपरासीमा उद्योगीहरुको आकर्षण बढ्दै
-
मेयर अर्यालको नेतृत्वमा महिलामैत्री शहर बन्दै सुनवल

पात्रो
गेम्स
रेडियो
युनिकोड