बिहीबार, ०१ फागुन २०८१
प्रहरी प्रशासन

रुपन्देहीको ट्राफिक व्यवस्थापन अस्तव्यस्त सडकमा ट्राफिक प्रहरी असुलीमा मस्त

१८ मंसिर २०८२, बुधबार
१८ मंसिर २०८२, बुधबार

भैरहवा, १७ मंसिर ।

जेएनजी आन्दोलन पछि बन्द रहेको रुपन्देही ट्राफिक प्रहरीको असुली धन्दा पुन शुरुभएको छ । सडकमा ट्राफिक व्यवस्थापन अस्तव्यस्तले आमसर्वसाधरण दुःख पाईरहेपनि ट्राफिक प्रहरी भने बेखवर जस्तै बनेको छ । नेपालमै सडक पुर्वाधारले सम्पन्न रुपन्दहीका बजारहरुमा ट्राफिक व्यवस्थापन नहुदा आमनागरिकले समस्या झेल्नुपरेको छ । सडकमा जथाभावी पार्किङ तथा ट्राफिक व्यवस्थापन कमजोर हुदा रुपन्देहीमा पछिल्लो समय दुर्घटनादर पनि बढेको छ । फराकीला सडकका लेनहरु नियम विपरित सवारी साधन सञ्चालन हुदा दुर्घटना बढेको सडक डिभिजन कार्यालयले जनाएको छ । फुटपाथ र सर्भिस लेनमा सवारी साधन पार्किङ गरिँदा पैदल यात्रीलाई हिँड्नसमेत समस्या परेको स्थानीयहरु बताउने गरेका छन् । जिल्लाको सदरमुकाम भैरहवाको मुख्यक्षेत्र भीम अस्पताल, बैंक रोक, मिलनचोक, बुद्धचोकमा अव्यवस्थित पार्किङ्ले सडक सधै ट्राफिक जाम हुने गरेको गुनासाहरु बढेका छन् । यस्तै बुटवल बजारक्षेत्र, देवदह, धकधई, मुर्गियाक्षेत्र, लुम्बिनीक्षेत्र र बेलहियामा जथाभावी पार्किङ, ई–रिक्सा र ठेलाहरूले आधा सडक नै ओगटेर राख्दा आवागमन प्रभावित हुनेगरेको देखिन्छ । । यस क्षेत्रमा हुने अव्यवस्थित पार्किङले गर्दा मुख्य बजारक्षेत्रमा यात्रुहरूले दैनिकजसो जामको सास्ती भोग्नु परिरहेको छ ।
नेपाल–भारत सीमा नाका बेलहियामा समेत ट्राफिक व्यवस्थापन प्रभावकारी नहुँदा नेपाल भित्रिने पर्यटकहरू मर्कामा परेका छन् । सीमा क्षेत्रमा सवारीको लामो जाम र ट्राफिक प्रहरीको अबैध असुलीतर्फ ध्यान जादा सडकमा ट्राफिक व्यवस्थापन कमजोर देखिएको छ ।
रुपन्देहीमा जेएनजी आन्दोलन पछि पूर्णरुपमा ठप्प भएको ट्राफिकको असुलीधन्दा पुन शुरुभएको छ । प्रहरी निरीक्षक प्रतिमा कार्कीले जिल्ला प्रहरी कार्यालय रुपन्देही प्रमुखको जिम्मेवारी समालेपछि ट्राफिक प्रहरीको असुली पुन शुरुभएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सडकमा ट्राफिक प्रहरीले अबैध असुलीका गुनासाहरु आउन थालेपछि सवै सुरक्षाकर्मीले सीमाक्षेत्रमा एकिकृत चेकजाच गर्ने र अन्य क्षेत्रमा नगर्ने निर्देशन गरेपनि प्र.नि. कार्कीले प्रमुख जिल्ला अधिकारीको निर्देशन अवेज्ञा गदै जिल्लाको धकधई, बेथरी, लुम्बिनी, मुर्गिया, सालझन्डी क्षेत्रमा भारतीय सवारी साधन तथा कन्टेनर संग असुली कार्य पुन सुरु गराएकी छिन् । एउटै सवारी साधन संग ट्राफिक प्रहरीले पटक पटक असुली गर्ने गरेको छ । त्यसलाई रोक्न पर्ने स्थानीय व्यवसायीहरुको माग रहेको छ ।
यस विषयमा नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्लेलाई यस विषयमा सम्पर्क गर्दा दिइएको फोन नम्बरमा सम्पर्क हुन सकेन।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक मित्र बन्धु शर्मालाई बुझ्दा त्यस्तो पाइएमा कानुनी कारबाही गर्ने र रूपन्देही ट्राफिक प्रहरी सँग यस विषयमा थप कुराकानी गर्ने बताउनुभएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीकी प्रमुख प्रतिमा कार्कीलाई फोनमार्फत कुरा गर्दा यस विषयमा आनाकानी गर्दै जिल्ला ट्राफिक कार्यालयमा आएर भेटेर कुरा गर्नुस्। जस्तो कुरा गर्नुभएको छ। यसरी थाहा हुन्छ कि ट्राफिक प्रहरी कतिको नीतिपूर्वक काम गर्दै आइरहेको छन्।

लेखकको बारेमा