जन्मदिनमा माहीले गरे विद्यार्थीहरुलाई जुत्ता सामग्री वितरण
ज्ञानेश्वर सहानी / नवलपरासी/ मङ्सिर २४
पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नम्बर ७ उजैनीमा रहेको हवेली रेस्टुरेन्टका सञ्चालक माहि रफ्तारले आफ्नो २५ औँ जन्मोत्सवका अवसरमा श्री उत्तम बालहित प्रारम्भिक विद्यालयका वालवालिकाहरुसँग जन्मदिन मनाउनुभएको छ ।

माहिको जन्मदिनको अवसरमा श्री उत्तम बालहित प्रारम्भिक विद्यालयका कक्षा ८ का विद्यार्थीहरूलाई जुत्ता सामग्री वितरण गरिएको थियो ।


चिसोको मौसममा विद्यार्थीहरूलाई जुत्ता दिँदा विद्यार्थीहरूको मुहानमा खुसी देखेपछि आफू खुसी भएको माही रफ्तारले बताएको छन्।
चिसोको बेलामा विद्यालय आउन गाह्रो पर्ने महसुस भएकाले जुत्ता सहयोग गरेकोमा माहिलाई जन्मदिनको शुभकामना तथा धन्यवाद दिँदै प्रधानाध्यापकले यस्ता अवसरमा अन्य व्यक्तिले समेत सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

विद्यालयमा रहेका विपन्न, टुहुरा तथा असहाय बालबालिकालाई पठनपाठनमा सहयोग गर्ने उद्देश्यले जुत्ता उपलब्ध गराएको माहि रफ्तारले बताउनुभयो । उहाँले भन्नुभयो, ‘जन्मदिनको अवसरमा केही सकारात्मक काम गरौँ भन्ने मनमा लागेकाले विद्यार्थीलाई सहयोग गरेको हुँ ।’





भर्खरै
-
नवलपरासी– २ मा वन र भ्रष्टाचार मुद्दाका अभियुक्त थापा उम्मेदवार – चौतर्फी आलोचना
-
नेपाली काँग्रेस नवलपरासीमा बढ्यो नेता कार्यकर्ताको असन्तुष्टि; छोड्न थाले पार्टी
-
एतिहासिक, धार्मिक, पर्यटकीय र पुरातात्विक सम्पदाको संरक्षण गरिन्छ : नरेन्द्र गुप्ता
-
घरदैलो अभियान सुरु गर्दै नरेन्द्र गुप्ताले भने; जनतामा उत्साह छ
-
महेशपुर भन्सार पूर्ण रूपमा सञ्चालन भए मात्रै हजारौं रोजगारी सम्भव छ : नरेन्द्र गुप्ता
-
महेशपुर स्थित रास्वपा सम्पर्क कार्यालयमा तोडफोड, ‘हतास मानसिकताको उपज’ : रास्वपा नवलपरासी

पात्रो
गेम्स
रेडियो
युनिकोड