परासी बजारमा छाडा चौपाया आतंक, बेवास्ता गर्दै रामग्राम नगरपालिका

ज्ञानेश्वर सहानी / नवलपरासी
पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाकाे प्रमुख व्यापारिक शहर परासीको सडकमा छाडिएका पशु चौपाया नियन्त्रण गर्न रामग्राम नगरपालिकाले बेवास्ता गर्दा समस्या विकराल बन्दै गएको छ ।

स्थानीय सरकारले छाडा पशु चौपायाको व्यवस्थापन गर्न ठोस कदम चाल्न सकेको छैन ।

नगरपालिका सरसफाई अभियानमा नगरप्रमुखले अग्रसरता लिदा चौतर्फि प्रशँसा भए पनि बजारमा रहेका छाडा चौपायाले अझै समस्या नै रहेको छ ।

नगरसफाईको काममा नगरपालिकाले काम गर्दै गरेको भए पनि छाडा चौपायाको ब्यवथापन नगर्दा यात्रुलाई समस्या हुने र छाडा पशु चौपायाका कारण सडकमा दुर्घटनाको जोखिम बढ्दै गरेको जनताले गुनासो बढन थालेका हो ।
कानुनले सडकमा छाडा पशु र चौपाया व्यवस्थित गर्ने अधिकार स्थानीय सरकारलाई दिएको छ । तर, घना शहरमा छाडा पशु चौपाया व्यवस्थित गर्न स्थानीय सरकार उदासीन देखिएको छ । त्यसो त सवारीले पशु चौपायालाई सडकमै मार्ने र महिनौंसम्म सडक दुर्गन्धित हुने घटना नयाँ होइन ।
सम्बन्धित निकायको उदासिनताले बजार क्षेत्रमा पछिल्लोपटक बढेको छाडा चौपायाले सवारी अवागमनमासमेत समस्या पैदा गरेको सर्वसाधारणको गुनासो छ । सडकमा जथाभावी छाडिएका छाडा चौपायाले ट्राफिक आवागमनमा समस्या हुन थालेको छ ।
अहिले परासीका विभिन्न चोक तथा सडकका गल्लीमा छाडा चौपायाको हुल नै देखिन्छ ।
परासी बजारमा जहिले पनि छाडा चौपाया,गाईबस्तु र बाख्रा घुम्ने गरेका छन् । यसले कतिपय यात्रीहरु लडेर घाईते पनि भएका छन । नगरपािलकाले बजारको सरसफाईसँगै छाडा चौपायामा समेत ध्यान पुर्याउनु पर्ने माग नगरबासीले गरेका छन् ।
सडकको विचमै बसिदिने र केहीले यात्रुलाई मार्न समेत झम्टिने गर्दा दुर्घनाको जोखिम बढेको स्थानिय बलिराम कोईरीले बताए । बजार सफाई अभियान प्रशंसनिय छ,उनले भने, तर यि छाडा चौपायाको पनि नगरपालिकाले ब्यवस्थापन गरिदिन पर्यो ।
यसबारे छुट्टै निवेदन दिनु पर्ने जस्तो मलाई लाग्दैन उनले थपे,यहिँ बजारमा नगरपालिकाका जनप्रतिनिधि र कर्मचारी समेत आउने जाने गर्छन् । हेर्ने पनि गरेका छन् ।
यसको ब्यवस्थापनका लागि काम गरिदिनु पर्यो । नगरपालिकाको चौपाया ब्यवस्थापनका लागि कहाँ र कसरी ब्यवस्थापन गर्ने ?
विगत बर्षमा पनि सारदा गौशालाको नामले नगरपालिका कै वार्ड नं.८ का वार्ड अध्यक्ष महेन्द्र ठाकुरले आफ्नै वार्डमा सञ्चालन गर्न लगाएका थिए । तर नगरपालिकासँग समन्वय हुन नसके पछि उनले पछि गौशाला सञ्चालनबाट हात झिकेका थिए । त्यही बेला देखी बजारमा छाडा चौपाया ब्यवस्थित हुन सकेका छैनन् । ति गौशाला पुनः सञ्चालन गर्ने हो ? कि अन्य कुनै विकल्प पनि सोच्नु पर्ने स्थानियको भनाई छ ।






भर्खरै
-
समाजसेवामा सदैव अग्रसर बिरेन्द्र यादव
-
खेलाडीहरूलाई प्रोत्साहन गर्नका लागि समाजसेवी वीरेन्द्र यादवद्वारा खेलकुद सामग्री सहयोग
-
एकै घरका दुई भाई अधिवक्ता
-
सेवा आश्रम तथा बृद्धाश्रमलाई सरावल गाउँपालिकाद्वारा सामाग्री सहयोग
-
बर्दघाट नगरपालिकामा जेष्ठ १६ गते देखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुने
-
पाल्हीनन्दन गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु