नारायणीमा व्यापक दोहन, सरोकारवाला निकाय मौन

परासी, १३ बैशाख ।
पश्चिम नवलपरासीको नारायणी (गण्डकी) नदीबाट अनियन्त्रित रुपमा नदिजन्य पदार्थ दोहन हुदा पनि सरोकारवाला निकाय मौन रहेको स्थानियले गुनासो गरेका छन् ।

जिल्लाको सुस्ता गाउपालिकाले नारायणी नदीबाट नदीजन्य पदार्थ झिक्नका लागि निकासी ठेक्का परिमाण भन्दा बढि नदीजन्य पदार्थको झिकिएपनि अनुगमन निकाय भने मौन बसेको स्थानियको आरोप छ । नारायणी नदीमा माघ महिनामै सबै खण्डको ठेक्का लागेपनि फागुन महिनामा केहिको पट्टा उठेको पाइन्छ ।

नदीको ठोकर नं. १५ देखि १६ र १६ देखि १७ को बिचमा भएको ४ खण्डको ठेक्कामा पट्टा छिटै उठाउने सुप्रियर निर्माण सेवा प्रा.लि काठमाण्डौ र ओम निर्माण सेवा कुडिया नवलपरासीले तोकिएको परिमाण भन्दा बढि माल झिकि सकिएको स्थानियहरुको दावी छ । तर यस तर्फ गाउँपालिका तथा जिल्ला समन्वय समितिको भने ध्यान पगेको छै ।

स्थानियले सो उत्खननको नापजाँच गरि बढि माल झिकेको फर्मलाई जरिवाना तिराउने र अबदेखि उत्खनन कार्यमा रोक लगाउनुको माग समेत गरेका छन् । ठेकदारहरुले नदीबाट झिकेको नदीजन्य पदार्थको नजिकै घाटगदी गर्नु पर्ने र प्रावधान रहेपनि उनीहरुले सिधै ठेकदारलाई बेचेका छन् भने केहिले नारायणचोक र यताउता डम्पिङ्ग पनि गरिरहेका छन् । देखाउनका लागि अलि अलि छेउछाउमा स्टक गरेपनि नदीको बन्धामा खसाल्दै भारतीय ठेकदारलाई ठुलो मात्रामा ग्रावेल बेचेको पाईन्छ ।
यता गाउँपालिका अध्यक्ष टेकनारायण उपाध्यायले शुक्रबार गाउँपालिका स्तरीय अनुगमन गरि खनेको क्षेत्रहरुको नाप जाँच गरिएको बताउदै सोको प्रतिवेदन २÷४ दिनमा आउने जानकारी दिनु भयो । तोकिएको परिमाण भन्दा बढि उत्खनन गरेको विषयमा सोधपुछ गर्दा ‘‘उनले अझै उनीहरुले झिक्ने क्वान्टीटी पुगेको छैन, ९० प्रतिशत भन्दा बढि झिकि सकेको देखिन्छ, २÷४ दिनमा सुप्रियर र ओमको क्वान्टीटी पुग्ने अनुमान गरिएकाले उनीहरुको उत्खननमा अहिले कुनै रोक नलगाइएको अध्यक्ष उपाध्यायले जिकिर गर्नु भयो ।
यसबर्ष उक्त नदीमा सुस्ता गाउपालिकाले ठोकर नं. १५ देखि १६ र १६ देखि १७ को बिचमा गरि ४ वटा खण्डमा नदीजन्य पदार्थ निकासीको ठेक्का लगाएको छ भने यता ठोकर नं. ६ मा पनि एक ठाउँमा ठेक्का लगाएको छ । पालिकाले लगाएको ठेक्का मध्ये ठोकर नं. १५ देखि १६ को खण्ड १ र २ मा कुल ११ लाख ९० हजार ३०३ घनफिट नदीजन्य पदार्थ झिक्न बिल्डप नेपाल डिजाईन एण्ड कन्सट्रक्सन प्रालि सुस्ता १ नवलपरासीले १ करोड १९ लाख ११ हजार १११ रुपैयामा ठेक्का लिएको छ । त्यस्तै १५–१६ को खण्ड ३ र ४ मा १२ लाख ४४ हजार २०८ घनफिट नदीजन्य पदार्थ झिक्नका लागि ओम निर्माण सेवा कुडिया नवलपरासीले १ करोड ३७ लाख रुपैयामा ठेक्का लिएको छ ।
यता ठोकर नंं १६ देखि १७ को खण्ड क मा १४ लाख २५ हजार ६४१ घनफिट नदीजन्य पदार्थ झिक्न सुप्रियर निर्माण सेवा प्रा.लि काठमाण्डौले १ करोड ४२ लाख ६६ हजार ४१२ रुपैयामा ठेक्का कबोल गरेको छ भने त्यसैको खण्ड ख मा १४ लाख २५ हजार ६४१ घनफिटका लागि बिल्डप नेपाल डिजाईन एण्ड कन्सट्रक्सन प्रा.लि सुस्ता नवलपरासीले ठेक्का लिएको छ यता ठोकर नं. ६ मा ९१ लाख मा २० हजार घटमिटरका लागि सुस्ता कन्सट्रक्सन कम्पनी प्रा.लि सुस्ता नवलपरासीले ठेक्का लिएको तथ्याङ्क पाइएको छ ।
तोकिएको भन्दा बढि माल झिकेको स्थानिय स्तरमा जनगुनासो बढेपछि एक हप्तादेखि अनुमगन समिति आउने सो क्षेत्रमा हल्ला सुनिने गरिएको एक ठेकदारले भने । उनले यस विषयमा खोला ठेकदार र अनुगमन समिति बिच मिल्ने मिलनाउने बारगेनिङ्ग चलिरहेको आरोप पनि लगाए । यस विषयमा पालिका र जिल्ला स्तरीय अनुगमन समितिले यो अफवाह रहेको बताउदै अनुगमन समेत गरे तर अझै कसैको प्रतिवेदन र कुनै औपचारिक धारण आएको पाईदैन ।
नदीमा गरिएको आईई अनुसार कसरी झिक्ने र कति वटा मेसिन र हाईवा प्रयोग गर्ने विषयमा नियममित अनुगमन नरहेकोले ठेकदारहरु दिनदहाडै अनाधिकृत रुपमा धमाधम माल झिरिहेको स्थानियहरु बताउछन् ।






भर्खरै
-
पाल्हीनन्दनद्वारा आदर्श माविलाई बस हस्तान्तरण
-
पत्रकारलाई ‘झोले’ भनेको टिप्पणीप्रति आपत्ति, नगरप्रमुख बिमला अर्यालको अभिव्यक्तिको चौतर्फी विरोध
-
नारायणी नदीको उत्खननमा बन मन्त्रालय र अख्तियारको निगरानी :- मोटो रकमको चलखेल भएको आशंका
-
श्री गोरखदल गणबाट “अभ्यास मनसुन -५” संचालन
-
मर्चवारको नहर सरसफाई अभियान: कृषिमा नयाँ आशा
-
लुम्बिनी सांस्कृतिक नगरपालिकाले लुम्बिनी क्षेत्रको फोहर व्यवस्थापन बृहत सरसफाई अभियान सुरु