प्रहरी प्रशासन
कपिलवस्तुमा सडकमुनी दबेको विस्फोटक पदार्थ पड्किँदा प्रहरी सतर्क
१३ भाद्र २०८२, शुक्रबार
१३ भाद्र २०८२, शुक्रबार
धनन्जय कुमार उपाध्याय/कपिलवस्तु
कपिलवस्तुको चार नम्बर तौलिहवा सडकअन्तर्गत पचेहरा नजिकै साझ करिब ५:३० बजे बम पड्किएको घटनाबारे समाचार प्राप्त भएको छ।घटनास्थलमा गरिएको प्रारम्भिक अनुसन्धान अनुसार सडकमुनि गहिराइमा दबेर रहेको अज्ञात विस्फोटक पदार्थ पड्किएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय तौलिहवाले जनाएको छ।

सुरुमा यसलाई बम विस्फोट भएको भनिए पनि अनुसन्धानपछि सडकतल लुकेको विस्फोटक पदार्थ नै पड्किएको खुलेको प्रहरीको भनाइ छ।प्रहरी टोली अहिले घटनास्थलमा पुगेर विस्तृत अनुसन्धान गरिरहेको छ। घटनाबारे थप विवरण संकलन भइरहेको र विस्तृत जानकारी पछि सार्वजनिक गरिने जिल्ला प्रहरी कार्यालय तौलिहवाले जनाएको छ।






भर्खरै
-
रुपन्देही क्षेत्र नं ४ मा कांग्रेसको उम्मेदवार सिफारिस
-
जन्मदिनमा माहीले गरे विद्यार्थीहरुलाई जुत्ता सामग्री वितरण
-
रुपन्देहीको ट्राफिक व्यवस्थापन अस्तव्यस्त सडकमा ट्राफिक प्रहरी असुलीमा मस्त
-
कञ्चनरुपमा छात्रवृत्ति दोहोरो निकासा, अनियमितता छोप्न पत्रकारमाथि हातपात : स्थानीय तहमा प्रशासनिक मिलेमतोको पर्दाफास
-
सुस्ताको बालुवा खानी क्षेत्रबाट बालुवा तस्करी,प्रहरी मौन
-
ईलाका प्रहरी कार्यालय मझगावाँ ले नागरिक सुनवाई कार्यक्रम सम्पन्न

पात्रो
गेम्स
रेडियो
युनिकोड