इलाका प्रहरी कार्यालय कृष्णनगर द्वारा पांच लाख भारतीय रकम सहित व्यक्ति पक्राउ

अजय मिश्र, कृष्णनगर, जेठ १०
इलाका प्रहरी कार्यालय कृष्णनगरले पांच लाख भारतीय रकम सहित व्यक्ति पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय कृष्णनगर बाट खटिएको प्रहरी टोलीले ९ गते शुक्रवारका दिन लगभग ११ :३० बजेको

समयमा जिल्ला कपिलवस्तु कृष्णनगर नगरपालिका वडा न.०३ ट्रान्समिटर भन्ने स्थानबाट पक्राउ गरिएको छ।

शंकास्पद रुपमा पैदल हिड्दै गरेका जिल्ला ओखलढुङ्गा साविक सानिवन गा.वि.स. वडा नं. ९ हाल चम्पादेवी गाँउपालिका वडा नं.१० रानीवन बस्ने बर्ष ४३ को राम कुमार तोलाङ्गीलाई फेला पारी निजको शरीर खानतलासी गर्दा राम कुमार तोलाङ्गीले झोला भित्र पलाष्टिकमा १० (दश) गड्डी भा रु ५०० (पाँच) सय दरका भारतीय नोट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मोहन मणी अधिकारीले जानकारी दिएका छन्।
पांच लाख भारतीय रकम सहित राम कुमार तेलाङ्गीलाइ नियन्त्रणमा लिइ थप आवश्यक कारवाहीका लागी राजश्व अनुसन्धान कार्यालय बुटवल रुपन्देही पठाइएको इलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ।






भर्खरै
-
समाजसेवामा सदैव अग्रसर बिरेन्द्र यादव
-
खेलाडीहरूलाई प्रोत्साहन गर्नका लागि समाजसेवी वीरेन्द्र यादवद्वारा खेलकुद सामग्री सहयोग
-
एकै घरका दुई भाई अधिवक्ता
-
सेवा आश्रम तथा बृद्धाश्रमलाई सरावल गाउँपालिकाद्वारा सामाग्री सहयोग
-
बर्दघाट नगरपालिकामा जेष्ठ १६ गते देखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुने
-
पाल्हीनन्दन गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु