सार्वजनिक जग्गा अतिक्रमण गरी घर बनाउन लागेकोमा पालिका अध्यक्षको कडा एक्सन
नवलपरासी/ १९ चैत।
पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका १ बड्की सुनरी पर्ने प्रस्ताविक भुताहा महेशपुर बस पार्कको जग्गा अतिक्रमण गरी घर बनाउने लागेकोमा पालिका अध्यक्षको नेतृत्वको टोलीले कडा एक्सनमा उत्रिएको छ।
साविक रमपुरवा गाविस वार्ड ८ क कित्ता नं ११४५ मा घर बनाउन लागेको राकेश शर्माले बस पार्कको सार्वजनिक जग्गाको १० फिट समेत अतिक्रमण गरी घर बनाउन लागेको हुनाले आज पालिका अध्यक्ष बैजु प्रसाद गुप्ताको नेतृत्वको टोलीले खाली गराएको छ।


पालिका अध्यक्ष गुप्ताका अनुसार ” उक्त व्यक्तिले आफ्नो जग्गा सँगै सार्वजनिक जग्गा समेत अतिक्रमण गरी घर बनाउन लागेको बेला देखि नै पटक पटक नगर प्रहरी पठाई काम रोक्न निर्देशन दिइएको हो तर निजले अटेरी गरे पछि आज खाली गराउन जेसीबी चलाउन बाध्य भएको बताए। उनले भने निजले आफै भत्काउन एक हप्ताको समय माग गरेका छन्। अब हामी एक हप्ता कुर्छौ। नभए फेरि जेसीबी लगाउने बताए ।

त्यस्तै प्रमुख प्रशासकीय अधिकृत बृज किशोर प्रसादले अब पालिकाले आफ्नो क्षेत्र भित्रका सबै सार्वजनिक जग्गा पहिचान गरी अतिक्रमणमा परे खाली गराउँदै जाने बताए।

उक्त ठाउँमा पालिका अध्यक्ष सँगै प्रमुख प्रशासकीय अधिकृत, वार्ड नं १ का वडा अध्यक्ष चुलाहि प्रसाद यादव, २ नं वडा अध्यक्ष जगदीश प्रसाद गुप्ता , कार्यपालिका सदस्य छोटेलाल पासवान, ईलाका प्रहरी कार्यालय महेशपुरका इन्स्पेक्टर सहितको टोली, नगर प्रहरी लगाएतको टोली उपस्थित रहेको थियो।





भर्खरै
-
नवलपरासी– २ मा वन र भ्रष्टाचार मुद्दाका अभियुक्त थापा उम्मेदवार – चौतर्फी आलोचना
-
नेपाली काँग्रेस नवलपरासीमा बढ्यो नेता कार्यकर्ताको असन्तुष्टि; छोड्न थाले पार्टी
-
एतिहासिक, धार्मिक, पर्यटकीय र पुरातात्विक सम्पदाको संरक्षण गरिन्छ : नरेन्द्र गुप्ता
-
घरदैलो अभियान सुरु गर्दै नरेन्द्र गुप्ताले भने; जनतामा उत्साह छ
-
महेशपुर भन्सार पूर्ण रूपमा सञ्चालन भए मात्रै हजारौं रोजगारी सम्भव छ : नरेन्द्र गुप्ता
-
महेशपुर स्थित रास्वपा सम्पर्क कार्यालयमा तोडफोड, ‘हतास मानसिकताको उपज’ : रास्वपा नवलपरासी

पात्रो
गेम्स
रेडियो
युनिकोड