होली पर्वको शुभकामना सहित इ.प्र.का कृष्णनगरको अनुरोध
कृष्णनगर, फाल्गुन २९
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ मा रहेको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक सुरज खत्रीले होली पर्वको शुभकामना सहित आम समुदायमा शभ्य रूपमा होली पर्व मनाउन अनुरोध गरेका छन्।

इलाका प्रहरी कार्यालय कृष्णनगरले जारी गरेको शुभकामना सहित अनुरोधमा भनिएको छ। होली पर्वमा कसैको इच्छा विपरीत रंग र अबिर नलगाऔं,अपरिचित व्यक्ति हरू संग होली नखेलौं, होली पर्वमा मदिरा लगायत अन्य नशालु पदार्थको सेवन नगरौं, होलीको नाममा उच्च श्रृंखल कार्य नगरौं, छाला तथा आखां लाई असर गर्ने केमिकल युक्त रंग तथा अबिरको प्रयोग न गरौँ, महगा गर गहना लगएर होली नखेलौं, ट्राफिक नियमको पाल्ना गरौँ आफू बचौं र अरूलाई बचाऔं जस्ता सचेतनामूलक सन्देश जारी गरिएको छ। साथै नियम विपरीत कार्य गर्ने व्यक्तिको बारेमा प्रहरी लाई खबर गर्न समेत इलाका प्रहरी कार्यालय कृष्णनगरले अनुरोध गरेको छ।






भर्खरै
-
चन्दा असुल्दै नवलपरासीका सशस्त्र प्रहरी
-
बुटवल र भैरहवाका संवेदनशील क्षेत्रमा प्रशासनद्वारा कर्फ्यू जारी
-
नरेन्द्र कुमार गुप्ता : विद्यार्थी आन्दोलन देखि नगर प्रमुख सम्मको यात्रा
-
कपिलवस्तुमा सडकमुनी दबेको विस्फोटक पदार्थ पड्किँदा प्रहरी सतर्क
-
नवलपरासीमा उद्योगीहरुको आकर्षण बढ्दै
-
मेयर अर्यालको नेतृत्वमा महिलामैत्री शहर बन्दै सुनवल

पात्रो
गेम्स
रेडियो
युनिकोड