सुनवल नगरपालिकाका ईन्जिनियर सन्तोष गैरेद्वारा प्रेषित विज्ञप्ति एव प्रतिक्रिया
परासी/ फागुन ९
मिति २०८१/१०/२८ गतेमा प्रकाशित समाचार भिडियो जीवी निर्माण सेवाका संचालक भन्छन्; सुनवल नगरपालिकाका इन्जिनियर सन्तोष गैरलाई ५० हजार घुस दिदाँ पनि ३ वर्ष पहिलाको ५% धरौटी फिर्ता दिएन भने भिडियो को सम्बन्धमा सुनवल नगरपालिकाका इन्जिनियर सन्तोष गैरले खण्डन प्रकाशन गरिएको छ।

प्रकाशित भिडियो सामग्रीमा जीवी निर्माण सेवाका संचालक भन्छन्; सुनवल नगरपालिकाका इन्जिनियर सन्तोष गैरलाई ५० हजार घुस दिदाँ पनि ३ वर्ष पहिलाको ५% धरौटी फिर्ता दिएन भनी उल्लेख गरिएको भिडियोमा उक्त विषयमा बुझाइमा फरक परेको सुनवल नगरपालिकाका इन्जिनियर सन्तोष गैर द्वारा प्रतिक्रिया एवं खण्डन गरिएको छ।

लिपि निर्माण सेवक का सञ्चालकले आउँदो वर्ष २०७८/७९ मा सुनवल ५ अन्तर्गतको मिलनटोलदेखि हर्दिया २ बाटो मरम्मत गर्ने सम्झौता भई मिति २०७८/०९/१३ मा काम सम्पन्न भएपश्चात डि.एल.पी अवधिभित्र स्थलगत अनुगमन गर्दा उक्त बाटोको केही खण्डहरू बिगर्ने गएको पाइएकोले सम्झौताबमोजिम निर्माण कम्पनीलाई बिगो बाटो मरम्मतका लागि पटकपटक मौखिक तथा तीनपटक लिखित रुपमा अनुरोध गरिएकोमा निर्माण कम्पनीका तर्फबाट हालसम्म कुनै पनि किसिमको प्रक्रिया तथा संचारको कार्य नभएको आफ्नो व्यवसाय जिम्मेवारी पूरा नगरेको सार्वजनिक खरिद कानुन बमोजिम निजी कम्पनीको धरौटी तथा कार्य सम्पादन जमानत कार्यालयको तर्फबाट रोक्का राखिएको सन्दर्भमा कार्यालयमा उपस्थित भई कार्यालय प्रमुख नगरका पदाधिकारीहरूसँग छलफल परामर्श गरी आफ्नो जिम्मेवारी निर्वाह गर्नुको सटा राष्ट्रसेवक कर्मचारी रूपमा काम गर्दा अवलम्बन गर्नुपर्ने कानुन अवलमबन गरी दायित्व भई आफ्नो काम मा इमान्दारताका साथ कार्य सम्पादन गर्दा यस्ता प्रकारका झुठा तथा गलत आरोप लगाई सार्वजनिक रुपमा मेरो व्यक्तिगत चरित्र तथा पदीय जिम्मेवारीसँग सिंगो नगरपालिकाकै गरिमामाथि आँच आउने गरी लि भि निर्माण सेवाका सञ्चालक शैलेन्द्रप्रसाद गुप्तालाई कानुनीबमोजिमको माग गर्दै कर्मचारीलाई उच्च मनोबलका साथ काम गर्न कार्य वातावरण निर्माण हुनको लागि सुनवल नगरपालिकाका इन्जिनियर सन्तोष गैर जानकारी दिनुभएको छ।





भर्खरै
-
महेशपुर स्थित रास्वपा सम्पर्क कार्यालयमा तोडफोड, ‘हतास मानसिकताको उपज’ : रास्वपा नवलपरासी
-
देवेन्द्र राज कँडेललाई ‘शंकर भगवान’को दर्जा, अभिव्यक्तिप्रति प्रश्न
-
रविको नवलपरासी कार्यक्रम यथावत्, भ्रममा नपर्न रास्वपाको आग्रह
-
थुम्हवा–भैरहवा सडकखण्डमा दुई बस ठोक्किँदा दुर्घटना, ५ जना घाइते
-
रामचन्द्र मल्लाहलाई अखिल नेपाल मजदुर निर्माण संघको सम्मान, १० हजार नगद सहयोग प्रदान
-
महेशपुर भन्सारमा गोप्य ‘रात्री लिलामी’को आरोप;मिलेमतो, राजस्व चुहावट र मौन राज्य संयन्त्र

पात्रो
गेम्स
रेडियो
युनिकोड