बिहीबार, ०१ फागुन २०८१
ताजालोकप्रिय
Uncategorized

लुम्बिनी सांस्कृतिक नगरपालिकाले लुम्बिनी क्षेत्रको फोहर व्यवस्थापन बृहत सरसफाई अभियान सुरु

२५ बैशाख २०८२, बिहीबार
२५ बैशाख २०८२, बिहीबार

लुम्बिनी बैशाख २४ गते


लुम्बिनीको महिलवार चौक देखि कार्यक्रमको आयोजना गरि सरसफाई अभियान सुरुवात गरिएको हो ।


त्यस अवसरमा बोल्दै लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्दीन मुसलमानले सरसफाई अभियान चलाउने निर्णय अनुसार बुधबारदेखि बृहत सरसफाई अभियान सुरु गरिएको बताउँदै जबसम्म समुदायमा आफै देखि चेतना फैलिदैन तबसम्म सरसफाईको काम प्रभावकारी नहुने भएकोले अभियान सुरु गरिएको बताउनुभयो ।

अभियानको अवसरमा लुम्बिनी सांस्कृतिक नगरपालिका उपप्रमुख कल्पना हरिजनले सरसफाई फोहोरमैला उचित व्यवस्थापन धार्मिक तथा पर्यटकीय स्थलहरुमा लुम्बिनीको फोहोर उचित व्यवस्थापन गरि लुम्बिनीलाई सधैभरी सफा, हराभरा र स्वच्छ नमुना राख्न . बनाउन उदेश्य रहेको यो अभियानको सुरुवात गरिएको बताउनुभयो ।

लुम्बिनी सांस्कृतिक नगरपालिका प्रमुख प्रशासकीय अधिकृत तारा ज्ञवालीले बुधबारदेखि सरसफाई अभियान सुरुवात गरेको बताउँदै यो अभियानमा लुम्बिनीका सरोकारवाला सम्बद्ध संघ संस्थाको युवा क्लब आमा समुह लुम्बिनी विकास कोषको सहकार्य रहेको उल्लेख गर्नुभयो ।

उहाँले अहिले फोहोर मैला संकलन तथा व्यवस्थापन नगरपालिका द्वारा दिन तथा स्थानहरुमा नगरको कुहिने र नकुहिने फोहर अलग अलग संकलन . गरिने तालिका बनाएर .लुम्बिनी साँस्कृतिक नगापालिका . वडा न ५ . मा . अवस्थित . सरसफाई अध्ययन केन्द्र तथा हरित उद्यानमा व्यवस्थापन . गरिने बनाएरै अलग गरेर व्यवस्थापन गर्ने बताउँदै तर .पुरानो फोहर उठाउन अझै एक महिना लाग्ने सक्ने अनुमान गरेको उल्लेख गर्नुभयो । ।


लुम्बिनीमा फोहोरमैला व्यवस्थापन नभएको कारणले निकै समस्या भएको थियो तर .अव समाधानको दिशातर्फ गएकोमा लुम्बिनी बासी खुसी ब्यक्त गर्दै लुम्बिनी सांस्कृतिक नगरपालिका र युएनडिपीको सहकार्यमा फोहोर मैला व्यवस्थापनको काम भएको र त्यसमा लुम्बिनी विकास कोषको पूर्ण साथ र सबैको सहयोग रहने बताए।
लुम्बिनी सांस्कृतिक नगरपालिकाले लुम्बिनीको फोहोर एक साता अघिदेखि नै संकलन गरेर फोहर प्रशोधन केन्द्रमा जम्मा गरेको छ । नगरपालिकाले . एक हप्तामा ३ दिन कुहिने र तीन दिन .नकुहिने गरि ६ दिनसम्म फोहर संकलन गरि बर्गीकरण गरेर नगरलाई स्वच्छ सफा .बनाउने अभियान सुरु गरेको हो । अभियानमा लुम्बिनी साँस्कृतिक नगरपालिका लुम्बिनी होटल संघ यूयनडिपी, लुम्बिनी विकास कोष, . शसस्त्र प्रहरी बल, जनपथ प्रहरी, नगरप्रहरी लुम्बिनीमा कृर्याशिल संघ सस्था, ब्यवसायी, मायादेवी प्रगतिशील आमा समुह, बुद्ध महिला आमा समुह . युवा क्लब तथा स्थानिएहरुको सहभागिता रहेको थियो ।

लेखकको बारेमा