बिहीबार, ०१ फागुन २०८१
ताजालोकप्रिय
प्रहरी प्रशासन

सशस्त्र प्रहरी द्वारा १ लाखको अबैध कुखुरा नष्ट

२२ बैशाख २०८२, सोमबार
२२ बैशाख २०८२, सोमबार

सहबान अन्सारी

नवलपरासीमा १ लाख मुल्य बराबरको अबैध कुखुरा नष्ट गरिएको छ ।


सोमवार प्रतापपुर गाउँपालिका वडा नं. ६ टुटवा खोला स्थित मोटरसाईकलमा भारतबाट अबैध रुपमा नेपालतर्फ ल्याउदै गरेकाे ३ क्विन्टल जिउँदो बोइलर कुखरा सशस्त्र प्रहरी बल नेपाल बर्डर आउट पोष्ट गुठी परसौनीका सशस्त्र प्रहरी निरिक्षक अजय सुनारको नेतृत्वमा गएको गस्ती टोलीले नियन्त्रणमा लिएको हो।


उक्त कुखुरा मानिसहरुले मोटरसाईकलमा ल्याउदै गर्दा सशस्त्र प्रहरीको टोली देखेपछि कुखुरा र मोटरसाईकल फाली भागेका सशस्त्र प्रहरी निरिक्षक सुनारले बताए।


नियन्त्रणमा लिएकाे कुखुरा स्थानीय ,पशुक्वाईरानटाईन , पत्रकार लगायतहरुकाे राेहबरमा नष्ट गरिएकाे नेपाल बर्डर आउट पोष्टले जनाएको छ ।


सशस्त्र प्रहरी बल नेपाल नं. २६ गण हेडक्वाटर नवलपरासीका सशस्त्र प्रहरी उपरिक्षक सन्तोष रायमाझीले जिल्ला भित्रका बोर्डर आउट पोष्ट र सुरक्षा बेसहरुबाट खटिएको गस्ती टोलीहरुलाई सीमा सुरक्षासहित विभिन्न नाकाहरुबाट हुने तस्करीहरुलाई निरुत्साहित गर्नको लागि निगरानी बढाउन निर्देशन दिएका छन् ।

लेखकको बारेमा