लुम्बिनी प्रदेश सरकारका गाडीको निर्लज्ज दुरुपयोग कर्मचारी मदिरा र जुवामा मस्त
लुम्बिनी
लुम्बिनी प्रदेश सरकारका कर्मचारीहरूले जनताको करबाट सञ्चालन हुने सरकारी गाडीको निर्लज्ज दुरुपयोग गर्दै मदिरा र जुवामा मस्त भएको खुलासा भएको छ । दाङको राप्ती गाउँपालिका–५, भुल्केमा सरकारी नम्बर प्लेट भएका गाडी पार्किङ गरी मन्त्रालयका कर्मचारीहरू खुलेआम मदिरा सेवन गर्दै जुवा खेलिरहेको दृश्य सार्वजनिक भएको छ ।

बा २ झ १४१३, बिएए १२६१, बा २ झ ३५६१, बिएए ०९११ विएए १३१६ नम्बर प्लेट भएका स्कोर्पियो गाडीहरू र केही मोटरसाइकल सरकारी कार्यालयका नाममा दर्ता गरिएका हुन्, जसलाई व्यक्तिगत विलासिताका लागि निर्लज्ज रूपमा प्रयोग गरिएको देखिन्छ ।

सरकारी सम्पत्तिको यसरी खुल्लमखुल्ला दुरुपयोग हुनु निन्दनीय मात्र होइन, गम्भीर अपराध पनि हो । तर,मन्त्रालय प्रशासन भने मौन बसेको छ । स्थानीयबासीहरू यस्ता गैरजिम्मेवार कर्मचारीहरूलाई तत्काल कारबाही गर्न माग गरिरहेका छन् ।
जनताको करबाट खरिद गरिएका गाडीहरू सरकारी कामका लागि प्रयोग हुनु पर्ने हो । तर, तिनै कर्मचारीहरू ती साधनलाई व्यक्तिगत रमाइलो, मस्ती, र उच्छृंखल गतिविधिका लागि दुरुपयोग गरिरहेका छन् । यस्तो भ्रष्टाचारलाई निरुत्साहित गर्न प्रदेश सरकार किन चुप छ ?
यस्तो गैरजिम्मेवार र भ्रष्ट व्यवहार रोक्न सम्बन्धित निकायहरूले छानबिन गरी संलग्न कर्मचारीहरूलाई तत्काल बर्खास्त गर्नुपर्ने माग स्थानीयहरूले गरेका छन्





भर्खरै
-
नवलपरासी– २ मा वन र भ्रष्टाचार मुद्दाका अभियुक्त थापा उम्मेदवार – चौतर्फी आलोचना
-
नेपाली काँग्रेस नवलपरासीमा बढ्यो नेता कार्यकर्ताको असन्तुष्टि; छोड्न थाले पार्टी
-
एतिहासिक, धार्मिक, पर्यटकीय र पुरातात्विक सम्पदाको संरक्षण गरिन्छ : नरेन्द्र गुप्ता
-
घरदैलो अभियान सुरु गर्दै नरेन्द्र गुप्ताले भने; जनतामा उत्साह छ
-
महेशपुर भन्सार पूर्ण रूपमा सञ्चालन भए मात्रै हजारौं रोजगारी सम्भव छ : नरेन्द्र गुप्ता
-
महेशपुर स्थित रास्वपा सम्पर्क कार्यालयमा तोडफोड, ‘हतास मानसिकताको उपज’ : रास्वपा नवलपरासी

पात्रो
गेम्स
रेडियो
युनिकोड