लुम्बिनी प्रदेश सरकारका गाडीको निर्लज्ज दुरुपयोग कर्मचारी मदिरा र जुवामा मस्त

लुम्बिनी
लुम्बिनी प्रदेश सरकारका कर्मचारीहरूले जनताको करबाट सञ्चालन हुने सरकारी गाडीको निर्लज्ज दुरुपयोग गर्दै मदिरा र जुवामा मस्त भएको खुलासा भएको छ । दाङको राप्ती गाउँपालिका–५, भुल्केमा सरकारी नम्बर प्लेट भएका गाडी पार्किङ गरी मन्त्रालयका कर्मचारीहरू खुलेआम मदिरा सेवन गर्दै जुवा खेलिरहेको दृश्य सार्वजनिक भएको छ ।

बा २ झ १४१३, बिएए १२६१, बा २ झ ३५६१, बिएए ०९११ विएए १३१६ नम्बर प्लेट भएका स्कोर्पियो गाडीहरू र केही मोटरसाइकल सरकारी कार्यालयका नाममा दर्ता गरिएका हुन्, जसलाई व्यक्तिगत विलासिताका लागि निर्लज्ज रूपमा प्रयोग गरिएको देखिन्छ ।

सरकारी सम्पत्तिको यसरी खुल्लमखुल्ला दुरुपयोग हुनु निन्दनीय मात्र होइन, गम्भीर अपराध पनि हो । तर,मन्त्रालय प्रशासन भने मौन बसेको छ । स्थानीयबासीहरू यस्ता गैरजिम्मेवार कर्मचारीहरूलाई तत्काल कारबाही गर्न माग गरिरहेका छन् ।

जनताको करबाट खरिद गरिएका गाडीहरू सरकारी कामका लागि प्रयोग हुनु पर्ने हो । तर, तिनै कर्मचारीहरू ती साधनलाई व्यक्तिगत रमाइलो, मस्ती, र उच्छृंखल गतिविधिका लागि दुरुपयोग गरिरहेका छन् । यस्तो भ्रष्टाचारलाई निरुत्साहित गर्न प्रदेश सरकार किन चुप छ ?
यस्तो गैरजिम्मेवार र भ्रष्ट व्यवहार रोक्न सम्बन्धित निकायहरूले छानबिन गरी संलग्न कर्मचारीहरूलाई तत्काल बर्खास्त गर्नुपर्ने माग स्थानीयहरूले गरेका छन्






भर्खरै
-
समाजसेवामा सदैव अग्रसर बिरेन्द्र यादव
-
खेलाडीहरूलाई प्रोत्साहन गर्नका लागि समाजसेवी वीरेन्द्र यादवद्वारा खेलकुद सामग्री सहयोग
-
एकै घरका दुई भाई अधिवक्ता
-
सेवा आश्रम तथा बृद्धाश्रमलाई सरावल गाउँपालिकाद्वारा सामाग्री सहयोग
-
बर्दघाट नगरपालिकामा जेष्ठ १६ गते देखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुने
-
पाल्हीनन्दन गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु