मर्चवार लिफ्ट सिंचाइ को अन्तिम नतिजा राजेन्द्र यादव अध्यक्षमा विजयी
मर्चवार । मर्चवार लिफ्ट सिंचाई जल उपभोक्ता संस्थाको मूल समितिको अध्यक्षमा राजेन्द्र यादव १ मतले बिजयी भएका छन् । आज शनीबार अध्यक्ष, सचिव तथा कोषाध्यक्ष तीन पदका लागि भएको निर्वाचनमा ६४ मत प्राप्त गरी उनी बिजयी भएका निर्वाचन अधिकृत विवेक साहले बताए ।
यसैगरी सचिवमा जगन्नाथ प्रसाद कुर्मी ७५ मत, कोषाध्यक्षमा प्रभु यादवले ६८ मत ल्यायी बिजयी भएका निर्वाचन अधिकृत साहले जानकारी दिएका छन् ।
अध्यक्ष पदका निकटतम नजीर अहमद मुसलमानले ६३ मत, फिरोज अहमद खाँनले २ मत ल्याएका उनले बताए । सचिव पदका लागि उम्मेदवार अब्दुल सलाम मुसलमान ४६ मत, कोषाध्यक्ष पदका लागि जनार्दन यादव ५४ मत ल्याएका निर्वाचन अधिकृत साहले जानकारी दिएका छन् ।

१ सय ३१ मत दाता रहेका निर्वाचनमा १०० प्रतिशत मतदान भएको थियो । यस अघि पुरुष उपाध्यक्षमा राम अवध मिश्र र महिला उपाध्यक्षमा मन्सा देवी गुप्ता निर्विरोध निर्वाचित भइसकेको उलने बताए ।






भर्खरै
-
नवलपरासी– २ मा वन र भ्रष्टाचार मुद्दाका अभियुक्त थापा उम्मेदवार – चौतर्फी आलोचना
-
नेपाली काँग्रेस नवलपरासीमा बढ्यो नेता कार्यकर्ताको असन्तुष्टि; छोड्न थाले पार्टी
-
एतिहासिक, धार्मिक, पर्यटकीय र पुरातात्विक सम्पदाको संरक्षण गरिन्छ : नरेन्द्र गुप्ता
-
घरदैलो अभियान सुरु गर्दै नरेन्द्र गुप्ताले भने; जनतामा उत्साह छ
-
महेशपुर भन्सार पूर्ण रूपमा सञ्चालन भए मात्रै हजारौं रोजगारी सम्भव छ : नरेन्द्र गुप्ता
-
महेशपुर स्थित रास्वपा सम्पर्क कार्यालयमा तोडफोड, ‘हतास मानसिकताको उपज’ : रास्वपा नवलपरासी

पात्रो
गेम्स
रेडियो
युनिकोड