मर्चवार लिफ्ट सिंचाइ को अन्तिम नतिजा राजेन्द्र यादव अध्यक्षमा विजयी

मर्चवार । मर्चवार लिफ्ट सिंचाई जल उपभोक्ता संस्थाको मूल समितिको अध्यक्षमा राजेन्द्र यादव १ मतले बिजयी भएका छन् । आज शनीबार अध्यक्ष, सचिव तथा कोषाध्यक्ष तीन पदका लागि भएको निर्वाचनमा ६४ मत प्राप्त गरी उनी बिजयी भएका निर्वाचन अधिकृत विवेक साहले बताए ।
यसैगरी सचिवमा जगन्नाथ प्रसाद कुर्मी ७५ मत, कोषाध्यक्षमा प्रभु यादवले ६८ मत ल्यायी बिजयी भएका निर्वाचन अधिकृत साहले जानकारी दिएका छन् ।
अध्यक्ष पदका निकटतम नजीर अहमद मुसलमानले ६३ मत, फिरोज अहमद खाँनले २ मत ल्याएका उनले बताए । सचिव पदका लागि उम्मेदवार अब्दुल सलाम मुसलमान ४६ मत, कोषाध्यक्ष पदका लागि जनार्दन यादव ५४ मत ल्याएका निर्वाचन अधिकृत साहले जानकारी दिएका छन् ।

१ सय ३१ मत दाता रहेका निर्वाचनमा १०० प्रतिशत मतदान भएको थियो । यस अघि पुरुष उपाध्यक्षमा राम अवध मिश्र र महिला उपाध्यक्षमा मन्सा देवी गुप्ता निर्विरोध निर्वाचित भइसकेको उलने बताए ।







भर्खरै
-
भारतीय सुरक्षाकर्मिद्वारा सुस्ताबाट हुदै भारत प्रवेशमा नेपालीलाई रोक
-
सुस्ता गाउँपालिकाको हराएको फेसबुक पेज भेटियो
-
सुस्ता गाउँपालिकाको फेसबुक पेज हरायो :- पालिका भने बेखबर
-
मर्चवार मा हर्दि प्रिमियर लिग हुँदै
-
सरावलमा जरायो मारेको आरोपमा ४ जना पक्राउ
-
नवलपरासीमा ब्राउन सुगर सहित तीन भारतीय नागरिक पक्राउ