बिहीबार, ०१ फागुन २०८१
ताजालोकप्रिय
प्रहरी प्रशासन

एउटै घरका दुइ दाजुभाई पोखरीमा मृत फेला

१९ बैशाख २०८२, शुक्रबार
१९ बैशाख २०८२, शुक्रबार

नवलपरासी /वैशाख १९ गते

पश्चिम नवलपरासी स्थित सुनवल नगरपालिका वडा नम्बर ६ सगरमाथा टोलमा रहेको पोखरीमा दुइ दाजुभाई मृत फेला परेको छ । आज बिहान १० बजे घरबाट खानाखाएर हिडेका दाजुभाई साझँ करिब ५ बजे पोखरीमा मृत फेला परेका हुन् ।

मृत्यु हुनेमा सुनवल ६ पुलटोल निवासी विष्णु कवंरका १० बर्षिय छोरा विप्सन कवंर र ८ वर्षिय छोरा दिप्सन कवंर रहेको ईलाका प्रहरी कार्यालय सुनवलका प्रमुख सन्तोष पौडेलले बताउनुभयो ।

साझँ ५ बजे पोखरीमा एक मृत बालक तैरिरहेको स्थानियले देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए ।

पोखरीको छेउमा दुईवटा बालकको कपडा देखेपछि अर्को बालक पनि त्यहिँ पोखरीमा डुबेको हुनसक्ने प्रहरीले अनुमान गरेको थियो । तत्पश्चात प्रहरी र स्थानीयले पोखरीभित्रै पसेर खोजीगर्दा पोखरी भित्र गडेको अवस्थामा अर्को मृत बालक फेला परेको थियो । उनीहरु दुवै जनसेवा माध्यामिक विद्यालयमा कक्षा २ र कक्षा ४ मा अध्ययनरत विद्यार्थी हुन् ।

लेखकको बारेमा