मर्चवारमा सहकारीकर्मी तथा सञ्चारकर्मी बीच संवाद कार्यक्रम सम्पन्न
धन्नजय उपाध्याय/रुपन्देही
। मर्चवार मा सहकारीकर्मी तथा सञ्चारकर्मी बीच संवाद कार्यक्रम सम्पन्न भएको छ। मिति २०८१ /१२/ १८ गते सम्मरीमाई गाउँपालिका वडा नं ५ रोईनहिवा को सभा हलमा कार्यक्रम सम्पन्न भएको हो। सहकारीको विषयवस्तुबारे तमाम समस्याहरूलाई समाधान कसरी गर्न सकिन्छ त्यसैको विषयमा सञ्चारकर्मीहरूबीच संवाद कार्यक्रम राखिएको थियो।
६८ औ राष्ट्रिय सहकारी दिवसको अवसरमा सोमबार रोइनिहवामा सम्पन्न सहकारीकर्मी एवम सन्चारकर्मी बिच अन्तरकृया कार्यक्रममा बोल्ने वक्ताहरुले मर्चवारका सहकारी अहिलेको समस्याबाट मुक्त रहेको बताएका हुन । श्री भवानी स्वावलम्बन बहुउद्देश्यीय सहकारी संस्थाको आयोजना तथा मधेशी पत्रकार समाज, नेपाल रुपन्देही शाखा तथा मर्चवार प्रेस क्लबको संयुक्त सहकार्यमा सम्पन्न कार्यक्रममा सहकारीका यस्ता असल प्रयासहरु सन्चारकर्मीले उठान गरिदिनु पर्ने सहकारी सन्चालकहरुको आग्रह थियो । जिल्ला सहकारी संघ रुपन्देहीका सलाहकार अशोक कुमार त्रिपाठीले सामाजिक सन्जालमा अहिले सहकारीहरु प्रती हुँदै नभएको विभिन्न नकारात्मक सन्देशहरु आउने गरेको हुदा सन्चारकर्मीहरुले यसलाइ चिर्न स्थलगत अवलोकन गरि मात्र समाचार सम्प्रेषण गरिदिन आग्रह गरे ।

भवानी स्वावलम्बन बहुउद्देश्यीय सहकारीका ब्यवस्थापक अशोक कुमार तिवारीले मर्चवारमा अझै पनि सहकारी शिक्षाको कमि रहेकोले नेपाल सरकारले प्रविधीमैत्री एक घर एक सहकारी शिक्षा आवश्यक रहेको औल्याए । उनले नियम अनुसार नै समुदाय स्तरमै सहकारी सन्चालन हुनु मर्चवारका सहकारीको दिगो सन्चालनको आधार रहेको बताए । उनले २०५७ साल माघको २२,२३ र २४ गते मर्चवारमा १४ वटा स्वावलम्बनहरुको गठन गरिएको उनले बताए । हाल १४ वटा सहाकरीमा १० करोड ४२ लाख १३ हजार ५ सय रुपैया शेयर पूंजी रहेको उनले बताए । ९ करोड ९२ लाख १२ हजार रुपैया रहेको उनले जानकारी दिए । ८५ करोड ७५ लाख १५ हजार रुपैया ऋण लगानी रहेको १४ वटै सहकारीहरुको कुल सम्पत्ती १ अर्ब ११ करोड बढी रहेको छ । १४ वटा सहकारीमा गरि कुल १५ हजार ७ सय २० सदस्य मध्ये ८ हजार ३ सय ७२ जना महिला रहेको तिवारीले जानकारी दिए ।

मधेशी पत्रकार समाज लुम्बिनी प्रदेश अध्यक्ष रामविकास चौधरीले समुन्नत समाज निर्माणका लागि सहकारीकर्मी र सन्चारकर्मीबिच सहकार्य आवश्यक रहेको बताए । उनले पत्रकार भनेको ऐना जस्तै रहेको र ऐनाले जस्ताको त्यस्तै देखाउने भएकोले यसलाइ नकारात्मक रुपमा नबुझ्न आग्रह गरे ।
भवानी स्वावलम्बन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष जयराम गडेरियाको अध्यक्षता जिल्ला सहकारी संघ रुपन्देहीका सलाहकार अशोक कुमार त्रिपाठीको प्रमुख आतिथ्यता, मधेशी पत्रकार समाज लुम्बिनी प्रदेशका अध्यक्ष रामविकास चौधरी तथा मर्चवारी सहकारी सन्जालका संयोजक फूलमन केवटको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा सहकारीका ब्यवस्थापक अशोक कुमार तिवारी लगायत, मधेशी पत्रकार समाज रुपन्देहीका अध्यक्ष राधेश्याम विश्वकर्मा ले बोलेका थिए । कार्यक्रम सहकारीका कर्मचारी राम अनुज प्रताप नारायण त्रिपाठीको सन्चालन र स्वावलम्बनको कोषाध्यक्ष राम केवल यादवको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।





भर्खरै
-
चन्दा असुल्दै नवलपरासीका सशस्त्र प्रहरी
-
बुटवल र भैरहवाका संवेदनशील क्षेत्रमा प्रशासनद्वारा कर्फ्यू जारी
-
नरेन्द्र कुमार गुप्ता : विद्यार्थी आन्दोलन देखि नगर प्रमुख सम्मको यात्रा
-
कपिलवस्तुमा सडकमुनी दबेको विस्फोटक पदार्थ पड्किँदा प्रहरी सतर्क
-
नवलपरासीमा उद्योगीहरुको आकर्षण बढ्दै
-
मेयर अर्यालको नेतृत्वमा महिलामैत्री शहर बन्दै सुनवल

पात्रो
गेम्स
रेडियो
युनिकोड