दाउन्ने क्षेत्रमा २० दिन यातायातको साधन रोकेर सडक विस्तारको काम गरिने

नवलपरासी
बुटवल–नारायणगढ सडक खण्डको दाउन्ने क्षेत्रमा यातायात रोकेर भएपनि सडक विस्तारको काम गरिने भएको छ । अहिले दाउन्नेमा पहाड काट्ने, पर्खाल लगाउने र कल्भर्ट निर्माणको काम भइरहेको छ, जसका कारण सवारीसाधन जाममा पर्नुका साथै सडक भएर यात्रा गर्ने यात्रुहरुलाई दुःखको सामना गर्नु परेको छ।


पश्चिम नवलपरासी र पूर्वी नवलपरासीका सरोकारवालाहरुको शनिवार दाउन्नेमा बसेको संयुक्त बैठकले यातायात रोकेर भएपनि दाउन्ने क्षेत्रको सडक विस्तारलाई तीव्रता दिने निर्णय गरिएको जिल्ला समन्वय समिति पश्चिम नवलपरासीका प्रमुख भगौती यादवले जानकारी दिनुभयो । उहाले यहि चैत २७ देखि ३१ गतेसम्म विहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म ४ घण्टा र आगामी वैशाख १ देखि पन्ध्र गतेसम्म राति ११ बजेदेखि विहान ५ बजेसम्म ६ घण्टा अत्यावश्यक बाहेकका सवारी साधनलाई सञ्चालनमा रोक लगाइने बताउनुभएको छ ।

हाल भइरहेको सडक विस्तारका कारण दाउन्नेमा घण्टौँ जाम हुँदा आवात जावत कष्टकर बन्दै आएको छ । बर्दघाटदेखि दुम्किबाससम्मको १३ किलोमिटर दुरी पार गर्न झण्डै ७/८ घण्टा लाग्ने गरेको यात्रुहरुको गुनासो छ । यस्तै बैठकले उक्त सडक खण्डमा सवारी साधन व्रिगेर सडक अवरुद्ध हुन पुगेमा तत्काल सवारी साधनलाई हटाइ सडक सुचारु गर्न उपकरण र जनशक्तिसहितको टीम २४ घण्टा तैनाव अवस्थामा राख्ने व्यवस्था मिलाउन आयोजनालाई निर्देशन गरेको छ ।


अहिलेसम्म बुटवलदेखि दाउन्नेसम्मको ४८.५८ किलोमिटर सडक खण्ड अन्तर्गत ३२ किलो मिटर एकतर्फी कालोपत्रे भैसकेको र दाउन्नेदेखि गैडाकोटसम्मको ६४.४२ किलोमिटर सडक अन्तर्गत ५० किलो मिटर एकतर्फी कालो पत्रे भैसकेको छ।२०७९ साल साउनमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको चाइना स्टेट कम्पनिले २०७५ साल चैत्र महिनामा काम शुरु गरेको बुटवल-नारायणगढ सडक निमार्णको काम समयमा सम्पन्न नहुदा यात्रुदेखि लिएर स्थानीयवासीहरुले निक्कै सास्ती खेप्नु परेको छ ।






भर्खरै
-
भारतीय सुरक्षाकर्मिद्वारा सुस्ताबाट हुदै भारत प्रवेशमा नेपालीलाई रोक
-
सुस्ता गाउँपालिकाको हराएको फेसबुक पेज भेटियो
-
सुस्ता गाउँपालिकाको फेसबुक पेज हरायो :- पालिका भने बेखबर
-
मर्चवार मा हर्दि प्रिमियर लिग हुँदै
-
सरावलमा जरायो मारेको आरोपमा ४ जना पक्राउ
-
नवलपरासीमा ब्राउन सुगर सहित तीन भारतीय नागरिक पक्राउ