बिहीबार, ०१ फागुन २०८१
ताजालोकप्रिय
सुस्ता गाउँपालिका

नारायणी नदीको उत्खननमा बन मन्त्रालय र अख्तियारको निगरानी :- मोटो रकमको चलखेल भएको आशंका

२७ बैशाख २०८२, शनिबार
२७ बैशाख २०८२, शनिबार

परासी, २७ बैशाख

नारायणी नदीमा अत्याधिक दोहन हुन थालेपछि केहि स्थानिय स्तरबाट विरोध उठन थालेको छ । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकामा पर्ने नारायणी नदीमा मापदण्ड मिचिरे तोकिएको परिमाण (क्वान्टीटी) भन्दा दुई तिन गुणा बढि माल झिकिएपछि स्थानियले सामाजिक संजाल र चोकचौराहामा पालिकाको आलोचना गर्न थालेका छन् । तोकिएको भन्दा बढि हेक्साभेटर र हाईवा प्रयोग गरि अत्याधिक रुपमा नदीजन्य पदार्थ झिक्ने कार्यको चौतर्फि आलोचना हुन थालेपछि सोको अनुगमन गर्न लुम्बिनी प्रदेशको वन तथा वातारण मन्त्रालयका बरिष्ठ वातावरण निरिक्षक निर्मल चौधरीे नेतृत्वको टोलीले उत्खनन भएको क्षेत्रहरुको वातावरणिय र दोहनको दृष्टिकोणबाट अनुगमन गरेको छ भने सो विषयमा अख्तियारको टोलीले पनि सुक्ष्म निगरानी बढाएको जानकारी पाइएको छ ।

नदीबाट झिकिएको नदीजन्य पदार्थ तोकिएको स्थानमा घाटगद्धी गरि पालिकाबाट स्टक प्रमाणि गराई मात्र विक्री वितरण गर्नु पर्ने कानुनी प्रावधान रहेपनि खोला ठेकदारहरु नदीबाट झिकेको माल सोझै भारती ठेकदार र नारायणचोक स्थित क्रसरलाई बेचेको पाइन्छ । ठेक्को छिटै पट्टा उठाएको ओम निर्माण सेवा र सुप्रिय निर्माण सेवाले नदीबाट बढि माल झिकेको स्थानियको दावी छ ।

यस विषयमा छानबिन गर्न दुई साता अगाडी जिल्ला अनुगमन समिति तथा पालिका अनुगमन समिति उत्खनन क्षेत्रमा पुगेर नापचाँज सहित अुनगमन गरे तर अहिलेसम्म कति माल झिकिएको, कति झिक्न बाकी रहेको प्रतिवेदन भने सार्वजनकि हुन सकेको छैन । नदीमा ओम निर्माण र सुप्रियर निर्माण सेवाको अत्याधिक दोहन प्रति गुनासो भईरहदा पालिकाले सोको नियमित अनुगमन नगर्नु, प्रतिवेदन पनि सार्वजनिक नगर्नु यसले पक्कै मोटो रकमको चलखेल भएको हुन सक्ने केहि स्थानिय नेता र जनताहरुले आशंका जताएका छन् । पालिकाको अनुगमनबाट नतिजा बाहिर नआएपछि सो प्रति पालिकाका केहि वडा अध्यक्षहरुले पनि असन्तुष्टि जताएका छन् । मापदण्ड विपरित नदी उत्खननका विषयमा विभिन्न मिडियाले सामाचार पनि संप्रेषण गरेको छ भने फेसबुकहरुमा चर्काे आलोचना पनि भइरहेको छ ।

यता नदीको उत्खनना अत्याधिक माल झिकिएको र ठोकरको नजिक उत्खननले पानीको धार बाँध तर्फ परिवर्तन हुने जोखिम देखिएकोले उक्त कार्य प्रति पुर्व मन्त्री ह्देश त्रिपाठी र बन मन्त्री देवकरण कलवारको पनि असन्तुष्टि देखिएको छ । विगतमा नदीको बाँध फुटेर १३ गाविस डुबानमा परि ठुलोमात्रा धनजनको क्षति भएको थियो । त्यो घटना नदोहोरियो भनि यि दुबै नेताको चाँसो र चिन्ता रहेको पाईन्छ ।

सुस्ता गाउँपालिकाले ६ करोड ३६ लाख बढि रकमको नारायणी नदीमा कुल ५ वटा स्पटमा नदीजन्य पदार्थ निकासीको ठेक्का लगएको छ । उक्त ठेक्काहरुमा सुप्रियर निर्माण सेवा प्रा.लि काठमाण्डौ र ओम निर्माण सेवा कुडिया नवलपरासी, बिल्डप नेपाल डिजाईन एण्ड कन्सट्रक्सन प्रालि सुस्ता १ नवलपरासी र सुस्ता कन्सट्रक्सन कम्पनी प्रा.लि सुस्ता १ नवलपरासीले विभिन्न खण्डका ठेक्का लिएका छन ।

पालिकाले लगाएको ठेक्का मध्ये ठोकर नं. १५ देखि १६ को खण्ड १ र २ मा कुल ११ लाख ९० हजार ३०३ घनफिट नदीजन्य पदार्थ झिक्न बिल्डप नेपाल डिजाईन एण्ड कन्सट्रक्सन प्रालि सुस्ता १ नवलपरासीले १ करोड १९ लाख ११ हजार १११ रुपैयामा ठेक्का लिएको छ । त्यस्तै १५–१६ को खण्ड ३ र ४ मा १२ लाख ४४ हजार २०८ घनफिट नदीजन्य पदार्थ झिक्नका लागि ओम निर्माण सेवा कुडिया नवलपरासीले १ करोड ३७ लाख रुपैयामा ठेक्का लिएको छ । यता ठोकर नंं १६ देखि १७ को खण्ड क मा १४ लाख २५ हजार ६४१ घनफिट नदीजन्य पदार्थ झिक्न सुप्रियर निर्माण सेवा प्रा.लि काठमाण्डौले १ करोड ४२ लाख ६६ हजार ४१२ रुपैयामा ठेक्का कबोल गरेको छ भने त्यसैको खण्ड ख मा १४ लाख २५ हजार ६४१ घनफिटका लागि बिल्डप नेपाल डिजाईन एण्ड कन्सट्रक्सन प्रा.लि सुस्ता नवलपरासीले १ करोड ४६ लाख ६४ हजार ४४४ रुपैयामा ठेक्का लिएको छ । यता ठोकर नं. ६ मा ९१ लाख मा २० हजार घटमिटरका लागि सुस्ता कन्सट्रक्सन कम्पनी प्रा.लि सुस्ता नवलपरासीले ठेक्का लिएको पालिकाको तथ्याङ्क छ । तर यि क्षेत्रहरुबाट ओम निर्माण सेवा र सुप्रीयर निर्माण सेवाले तोकेको क्वान्टीटी भन्दा दुई÷गुणा बढि माल झिकेको स्थानियको आरोप छ । यि फर्महरुले नदीबाट झिकेको माल गण्डक बाँधमा सप्लाई गरेको र यता नारायण चोक स्थित क्रसर र विभिन्न क्षेत्रहरुमा स्टक गरेको पाईन्छ ।

यता गाउँपालिका अध्यक्ष टेकनारायण उपाध्यायले दुई साता अगाडी गाउँपालिका स्तरीय अनुगमन गरि खनेको क्षेत्रहरुको नाप जाँच गरिएको बताउनु भयो । सोको प्रतिवेदन आउन ढिलाई भएपनि आफुँहरु खोला ठेकदारहरु संग कुनै आर्थिक लेनदेन नगरेको बतउनु भयो । ‘‘खोलाको ठेक्का बारे बाहिरी अफवाहका पछाडी कसैलाई नलाग्न आग्रह गर्दै दुई÷चार दिनमा सबै ठेकदारहरुको क्वान्टीटी पुग्छ पुगेपछि तत्काल उत्खनन रोक्ने अध्यक्ष उपाध्यायले दावी गर्नु भयो ।”

नदीमा गरिएको आईई अनुसार कसरी झिक्ने र कति वटा मेसिन र हाईवा प्रयोग गर्ने विषयमा नियममित अनुगमन नरहेकोले ठेकदारहरु दिनदहाडै अनाधिकृत रुपमा धमाधम माल झिरिहेको स्थानियहरु बताउदै खोलाको धार पनि बाँध तिर फर्किने चिन्ता व्यक्त गर्छन् । नदी उत्खनन विषयमा १५÷२० दिन देखि अत्याधिक दोहन र अनुगमनको प्रतिवेदनका विषयमा बाद विवाद चलिरहदा यसले खोला र पालिका बिच मोटो रकमको चलखेल भएको स्थानियको आशंका छ । पालिका प्रमुख प्रशासकिय अधिकृतको सरुवा हुदा पनि नगएको माथी रकम खुवाएर मिलाइएको केहि नेताहरुको आरोप छ ।

लेखकको बारेमा