सुस्ता गाउँपालिकाको फेसबुक पेज हरायो :- पालिका भने बेखबर
५ बैशाख
पश्चिम नवलपरासी सुस्ता गाउँपालिका कार्यालयको आधिकारिक सुस्ता गाउँपालिका नामक फेसबुक पेजका सबै सुचनाहरु सहित फेसबुक पेजनै हराएको पाइएको छ भने पालिका सो बिषयमा बेखर बनेको छ ।


नागरिकलाई सूचना आदानप्रदान गर्न सहज हुने उद्देश्यले सुस्ता गाउँपालिकाले खोलिएको आधिकारिक फेसबुक पेजमा राखिएको सम्पुर्ण सूचनाहरु हटाइएको छ भने त्यो आधिकारिक फेसबुक पेज समेत नयाँ निर्माण गरिएको देखिन्छ तर के कति कारणले हो यो फेसबुक पेजमा सूचना हटाएको र नयाँ फेसबुक पेज किन निर्माण गरिएको आफुलाई थाहा नभएको सुस्ता गाउँपालिका कार्यालयका सूचना अधिकारी बिजय अधिकारीले बताएका छन् ।

सुस्ता गाउँपालिका कार्यालयका सूचना अधिकारी बिजय अधिकारीलाई फोन सम्पर्कबाट जानकारी लिदा अधिकारीका अनुसार गाउँपालिकाको आधिकारिक फेसबुक पेजको सूचना कसले हटाइएको,फेसबुक पेज पनि ह्याक समेत नभएको र जसले निर्माण गरेको एडमिनकर्तालाई समेत जानकारी नभएको र फेसबुकको सूचना मात्र होईन पालिकाको आधिकारिक फेसबुक पेजनै हटाइएको जस्तो आफुले अनुमान गरेको बताए ।
पालिकाको सुस्ता गाउँपालिका नामक फेसबुक पेजबाट सुस्ताका नागरिकहरुलाई पालिकाबाट विभिन्न प्रकारको सूचनाहरु सम्प्रेषण गर्ने गरिरहेको र उक्त पेजबाट नागरिकलाई सूचना पाउन सहज भएको र त्यहि सूचना दिइने आधिकारिक फेसबुक पेजनै कसले के गरेर खत्तम भएको भन्ने पालिकानै बेखबर छ ।
यसरी पालिकाको आधिकारिक फेसबुक पेजनै उडेको भएको खबर पालिकालाई १/२ दिन देखिबाट जानकारी हुदा पनि पालिकाले कानमा तेल हालेर सुतेको जस्तो गरेको छ । यसरी आफ्नै सूचना दिने आधिकारिक पेजहरुनै उडेको हुदा पालिकानै गैरजिम्मेवारी भएको अनुमान गर्न सकिन्छ ।
पालिकाको आधिकारिक फेसबुक पेज के कति कसको स्वार्थमा यसरी हटाइएको वा बन्द गरिएको अहिलेसम्म यकिन हुन नसकेको र पालिकाको यति सम्मको लापरबाही देखिएको छ भने सुस्ता गाउँपालिका वडा न १ रुपौलियामा पर्ने रैयपुरा खोलाको ठेक्काको बोलपत्र समेतको सूचना आधिकारिक फेसबुक पेजमा नराखी सुस्ता गाउँपालिकामा कार्यरत प्राबिधिक शाखाका प्रमुख इन्जिनियर शारुख खानले आफ्नो ब्यक्तिगत फेसबुक वालमा सुस्ता गाउँपालिका का प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसाललाई ट्याग गरेर सूचना पोस्ट गरिएको छ ।
उता पालिकाको आधिकारिक सूचना दिइने फेसबुक पेज हराएको वा बन्द भएको छ भने यता यहि २०८२ बैशाख ५ गतेको दिन सुस्ता गाउँपालिका वडा न १ रैयपुरा खोलाको नदिजन्य पदार्थ सामग्री उत्खननका लागि बोलपत्रको सूचना कार्यालयको कर्मचारीको ब्यक्तिगत फेसबुक वालमा सूचना सम्प्रेषण गरेको हुदा पक्कै पालिका केहि ब्यक्तिहरुको स्वार्थ बाझिएको बुझ्न सकिन्छ ।





भर्खरै
-
नवलपरासी– २ मा वन र भ्रष्टाचार मुद्दाका अभियुक्त थापा उम्मेदवार – चौतर्फी आलोचना
-
नेपाली काँग्रेस नवलपरासीमा बढ्यो नेता कार्यकर्ताको असन्तुष्टि; छोड्न थाले पार्टी
-
एतिहासिक, धार्मिक, पर्यटकीय र पुरातात्विक सम्पदाको संरक्षण गरिन्छ : नरेन्द्र गुप्ता
-
घरदैलो अभियान सुरु गर्दै नरेन्द्र गुप्ताले भने; जनतामा उत्साह छ
-
महेशपुर भन्सार पूर्ण रूपमा सञ्चालन भए मात्रै हजारौं रोजगारी सम्भव छ : नरेन्द्र गुप्ता
-
महेशपुर स्थित रास्वपा सम्पर्क कार्यालयमा तोडफोड, ‘हतास मानसिकताको उपज’ : रास्वपा नवलपरासी

पात्रो
गेम्स
रेडियो
युनिकोड