सुस्तामा भारतीय प्रहरी पसेपछि सुस्तामा त्रास, सुरक्षा व्यवस्थामा कडाई

नवलपरासी
सुस्तामा हतियार सहितकाे भारतीय सुरक्षाकर्मीकाे अनधिकृत प्रवेश पश्चात उत्पन्न तनाव मत्थर पार्ने प्रयास संगसंगै सिमामा सुरक्षाकर्मीहरूकाे निगरानी गस्ती बढाइएकाे छ ।

नेपालभारतबीच सीमा विवाद रहेकाे सुस्तामा पटकपटक भारतीय सुरक्षाकर्मी नेपाली भूमिमा प्रवेश गरी नेपालीलाइ दुख दिने घटना दाेहाेरिदै आउने क्रमले निरन्तरता पाएपछि जनतामा बढेकाे आक्राेश मत्थर पार्न सुरक्षा कार्य सकृय पारिएकाे छ ।

सुस्तामा रहेकाे जनपथ प्रहरीसित मंगलवार विहानै सयाैंकाे संख्यामा पुगेका स्थानीयले सुस्तावासीकाे सुरक्षाकाे सवाल उठाए पश्चात जनपथ र सशस्त्र प्रहरी समेतले सीमामा गस्ती बढाएकाे छ । स्थानीयकाे आराेप छ, विगतमा भारतीय प्रहरी पटक पटक सुस्ता प्रवेश गरी मान्छे समात्ने र ज्यान मार्ने काम भएकाे छ, घटना नियन्त्रण हुनुभन्दा पछिल्लाे समायमा किन बढदै गएकाे छ ? सुरक्षा व्यवस्था चुस्तदुरूस्त बनाउन किन कमजाेरी हुदैछ ?

स्थानीयवासीकाे दबावपछि सुस्ता स्थित प्रहरीले मंगलवारदेखि थप प्रहरी परिचालन गरि सुस्ताकाे मुख्य मुख्य नाकामा सुरक्षकर्मी तैनाथ गरेकाे छ । चाैबिसै घण्टा गस्ती निगरानी बढाएपछि भारतले पनि सुरक्षा सतर्कता बढाएकाे छ । भारतले सीमामा भारतीय अर्धसैनिक बल एस. एस. बी खटाएकाे छ । सुस्तासित जाेडिएकाे सीमामा एस एस बी ले गस्ती बढाएकाे छ ।
गएकाे माघ २१ गते साेमवार पाेशाकमा रहेकाे हतियार सहितकाे भारतीय प्रहरी सुस्ताकाे नेपाली गाउँमा पुगेपछि स्थानीय आतंकित मात्र भएनन्, मुन्ना खाँ काे घर कता छ ? भनेर साेधिएपछि स्थानीयवासीले भारतीय प्रहरीलाइ घेरा हालेर नेपाल प्रहरीलाइ बाेलाएका थिए । स्थानीयकाे आक्राेश देखेपछि बाेली फेरेका भारतीय प्रहरीले हामी बाटाे बिराएर यता पस्न पुगेकाे कुरा बनाएका थिए । नेपाल प्रहरीले उनीहरूलाइ भारततर्फ फिर्ता पठाएकाे थियाे ।
नेपाल प्रहरीले उनीहरूलाइ भारततर्फ फिर्ता पठाएपनि नेपाल प्रहरीले उनीहरूबारे केही बताउन चाहेकाे छैन । खतरा न्युजले नवलपरासी प्रहरी उपरीक्षक ज्ञानेन्द्र प्रसाद फुयाँल र सुस्ता स्थित प्रहरी चाैकी इन्चार्ज असइ वशिष्ठ यादवलाइ साेधेकाे थियाे । उनीहरू काे थिए ? सुस्ताकाे नेपाली भूमिमा किन आएका थिए ? भारतीय हतियार लिएर नेपाली भूमि पस्नुकाे पछाडीकाे रहस्य के थियाे ? उनीहरू सुस्तामा चर्चित व्यक्तित्व मुन्ना खाँ लाइ किन खाेजे ? उनीहरू चढेकाे भारतीय स्कार्पियाे गाडी काे नम्बर के थियाे ? यि र यस्ता सवाल अहिले पनि निरूत्तर बनेकाे छ । निरूत्तर बनेकाे पछाडिकाे रहस्य के हाे ? मिडिया मार्फत जनता जान्न चाहन्छ ।





भर्खरै
-
प्रतापपुर पुर्ण संस्थागत प्रसुती सेवायुक्त पालिका घोषणा
-
भैरहवा स्थित अक्वा पार्कको स्विमिङ पुलमा डुबेर एक युवकको मृत्यु
-
समाजसेवामा सदैव अग्रसर बिरेन्द्र यादव
-
खेलाडीहरूलाई प्रोत्साहन गर्नका लागि समाजसेवी वीरेन्द्र यादवद्वारा खेलकुद सामग्री सहयोग
-
एकै घरका दुई भाई अधिवक्ता
-
सेवा आश्रम तथा बृद्धाश्रमलाई सरावल गाउँपालिकाद्वारा सामाग्री सहयोग