सुस्तामा भारतीय प्रहरी पसेपछि सुस्तामा त्रास, सुरक्षा व्यवस्थामा कडाई
नवलपरासी
सुस्तामा हतियार सहितकाे भारतीय सुरक्षाकर्मीकाे अनधिकृत प्रवेश पश्चात उत्पन्न तनाव मत्थर पार्ने प्रयास संगसंगै सिमामा सुरक्षाकर्मीहरूकाे निगरानी गस्ती बढाइएकाे छ ।

नेपालभारतबीच सीमा विवाद रहेकाे सुस्तामा पटकपटक भारतीय सुरक्षाकर्मी नेपाली भूमिमा प्रवेश गरी नेपालीलाइ दुख दिने घटना दाेहाेरिदै आउने क्रमले निरन्तरता पाएपछि जनतामा बढेकाे आक्राेश मत्थर पार्न सुरक्षा कार्य सकृय पारिएकाे छ ।

सुस्तामा रहेकाे जनपथ प्रहरीसित मंगलवार विहानै सयाैंकाे संख्यामा पुगेका स्थानीयले सुस्तावासीकाे सुरक्षाकाे सवाल उठाए पश्चात जनपथ र सशस्त्र प्रहरी समेतले सीमामा गस्ती बढाएकाे छ । स्थानीयकाे आराेप छ, विगतमा भारतीय प्रहरी पटक पटक सुस्ता प्रवेश गरी मान्छे समात्ने र ज्यान मार्ने काम भएकाे छ, घटना नियन्त्रण हुनुभन्दा पछिल्लाे समायमा किन बढदै गएकाे छ ? सुरक्षा व्यवस्था चुस्तदुरूस्त बनाउन किन कमजाेरी हुदैछ ?
स्थानीयवासीकाे दबावपछि सुस्ता स्थित प्रहरीले मंगलवारदेखि थप प्रहरी परिचालन गरि सुस्ताकाे मुख्य मुख्य नाकामा सुरक्षकर्मी तैनाथ गरेकाे छ । चाैबिसै घण्टा गस्ती निगरानी बढाएपछि भारतले पनि सुरक्षा सतर्कता बढाएकाे छ । भारतले सीमामा भारतीय अर्धसैनिक बल एस. एस. बी खटाएकाे छ । सुस्तासित जाेडिएकाे सीमामा एस एस बी ले गस्ती बढाएकाे छ ।
गएकाे माघ २१ गते साेमवार पाेशाकमा रहेकाे हतियार सहितकाे भारतीय प्रहरी सुस्ताकाे नेपाली गाउँमा पुगेपछि स्थानीय आतंकित मात्र भएनन्, मुन्ना खाँ काे घर कता छ ? भनेर साेधिएपछि स्थानीयवासीले भारतीय प्रहरीलाइ घेरा हालेर नेपाल प्रहरीलाइ बाेलाएका थिए । स्थानीयकाे आक्राेश देखेपछि बाेली फेरेका भारतीय प्रहरीले हामी बाटाे बिराएर यता पस्न पुगेकाे कुरा बनाएका थिए । नेपाल प्रहरीले उनीहरूलाइ भारततर्फ फिर्ता पठाएकाे थियाे ।
नेपाल प्रहरीले उनीहरूलाइ भारततर्फ फिर्ता पठाएपनि नेपाल प्रहरीले उनीहरूबारे केही बताउन चाहेकाे छैन । खतरा न्युजले नवलपरासी प्रहरी उपरीक्षक ज्ञानेन्द्र प्रसाद फुयाँल र सुस्ता स्थित प्रहरी चाैकी इन्चार्ज असइ वशिष्ठ यादवलाइ साेधेकाे थियाे । उनीहरू काे थिए ? सुस्ताकाे नेपाली भूमिमा किन आएका थिए ? भारतीय हतियार लिएर नेपाली भूमि पस्नुकाे पछाडीकाे रहस्य के थियाे ? उनीहरू सुस्तामा चर्चित व्यक्तित्व मुन्ना खाँ लाइ किन खाेजे ? उनीहरू चढेकाे भारतीय स्कार्पियाे गाडी काे नम्बर के थियाे ? यि र यस्ता सवाल अहिले पनि निरूत्तर बनेकाे छ । निरूत्तर बनेकाे पछाडिकाे रहस्य के हाे ? मिडिया मार्फत जनता जान्न चाहन्छ ।





भर्खरै
-
महेशपुर स्थित रास्वपा सम्पर्क कार्यालयमा तोडफोड, ‘हतास मानसिकताको उपज’ : रास्वपा नवलपरासी
-
देवेन्द्र राज कँडेललाई ‘शंकर भगवान’को दर्जा, अभिव्यक्तिप्रति प्रश्न
-
रविको नवलपरासी कार्यक्रम यथावत्, भ्रममा नपर्न रास्वपाको आग्रह
-
थुम्हवा–भैरहवा सडकखण्डमा दुई बस ठोक्किँदा दुर्घटना, ५ जना घाइते
-
रामचन्द्र मल्लाहलाई अखिल नेपाल मजदुर निर्माण संघको सम्मान, १० हजार नगद सहयोग प्रदान
-
महेशपुर भन्सारमा गोप्य ‘रात्री लिलामी’को आरोप;मिलेमतो, राजस्व चुहावट र मौन राज्य संयन्त्र

पात्रो
गेम्स
रेडियो
युनिकोड