बर्दघाट कालिका मन्दिरमा रुद्र महायज्ञ हुँदै
नवलपरासी
पश्चिम नवलपरासीको सरावल गाउँपालिका-७भुजहवास्थित बर्दघाटे कालिका मन्दिरमा रुद्र महायज्ञ हुने भएको छ । रामनवमीको अवसरमा यही चैत १७ गतदेखि श्री श्री १०८ रुद्र महायज्ञ सञ्चालन हुन लागेको हो ।

मन्दिरको पौराणिक महत्वलाई उजागर र प्रचारप्रसार गर्ने उद्देश्यले रुद्र महायज्ञ सञ्चालन गर्न लागिएको महायज्ञ आयोजक संस्था बर्दघाटे कालिका मन्दिर संरक्षण संस्थाका अध्यक्ष बिरेन्द्र यादवले जानकारी दिनुभयो । चैत १७ देखि शुरु हुने महायज्ञ चैत २६ गतेसम्म सञ्चालन हुनेछ ।

महायज्ञमा भारत अयोध्याका यज्ञाचार्य बलराम चौबेले प्रवचन दिने अध्यक्ष यादवले बताउनुभयो । महायज्ञमा दिउँसोमा प्रवचन र रातीको समयमा रामलिाल प्रदर्शन गरिने आयोजकले जनाएको छ ।
चैत १७ गते कलश यात्रासहित महायज्ञ शुभारम्भ गरिने भएकोले सम्पूर्ण हिन्दु धर्मावलम्बीहरुलाई सहभागिताका लागि आयोजकले अनुरोध पनि गरेको छ । साथै महायज्ञलाई पूर्ण सहयोग गरी सम्पन्न गर्न सरावल तथा प्रतापपुर गाउँवासीहरुलाई अध्यक्ष यादवले आग्रह गर्नुभएको छ ।





भर्खरै
-
चन्दा असुल्दै नवलपरासीका सशस्त्र प्रहरी
-
बुटवल र भैरहवाका संवेदनशील क्षेत्रमा प्रशासनद्वारा कर्फ्यू जारी
-
नरेन्द्र कुमार गुप्ता : विद्यार्थी आन्दोलन देखि नगर प्रमुख सम्मको यात्रा
-
कपिलवस्तुमा सडकमुनी दबेको विस्फोटक पदार्थ पड्किँदा प्रहरी सतर्क
-
नवलपरासीमा उद्योगीहरुको आकर्षण बढ्दै
-
मेयर अर्यालको नेतृत्वमा महिलामैत्री शहर बन्दै सुनवल

पात्रो
गेम्स
रेडियो
युनिकोड