सरावल गाउँपालिका र वडा कार्यालयकाे स्तनपान कक्ष प्रयोगविहीन
नवलपरासी ,२ फागुन
पश्चिम नवलपरासीको सरावल गाउँपालिकाकाे स्तानपान कक्ष प्रयोगविहीन रहेको छ।

सरावल गाउँपालिका तथा वडा नम्बर ३ काे कार्यालयमा सेवा लिन आउने सेवाग्राही तथा कर्मचारीको सुविधाका लागि स्तनपान तथा शिशु स्याहार कक्ष स्थापना गरिएतापनि प्रयोगविहिन रहेको छ।

कार्यालयको छेउमा चिटिक्क परेको एउटा कोठा बनाएर आमाले आफ्नो शिशुलाई स्तनपान गराउने व्यवस्था मिलाइएको छ ।स्तनपान कक्ष स्थापना भएको करिब साढे तिन वर्ष भयो । तर अहिले प्रयोगविहीन जस्तै छ । स्तनपान कक्षको ढोकामा ताल्चा लगाइएको छ । न स्तनपान कक्षको ढोका खोलिन्छ, न त कोही स्तनपान गराउन नै आउँछन् ।
पालिकामा स्थापना गरिएको स्तनपान कक्ष अहिले नाममा मात्रै सीमित छ । स्तनपान कक्ष निर्माण त गरियाे तर शाैचालय नजिक । आमा र बच्चा जस्तो सम्बेदनशिल कुरामा स्तनपान कक्ष बनाउन निर्देशन दिने जनप्रतिनिधि ,कर्मचारी र इन्जिनियरकाे ध्यान समेत पुगेन। शाैचालय नजिक रहेको स्तनपान कक्षामा समान भरिभराउ रहेको छ । पालिकामा मात्र नभएर वडा कार्यालयहरुमा समेत ब्यवस्थित स्तनपान कक्ष नभएकै कारण सेवाग्राही आमाहरु आफ्नाे बच्चालाई सार्वजनिक स्थलमा नै स्तनपान गराउन बाध्य छन। यतिहुदा समेत पालिका र वडाकाे सम्बन्धित ब्यक्तिकाे ध्यानाकर्षण हुन सकेको छैन ।
‘सरकारी कार्यालयमा स्तनपान कक्ष अनिवार्य नै हो, सेवाग्राही आउनुहुन्छ तर स्तनपान कक्ष नखुल्दा सार्वजनिक स्थलमा स्तनपान गराउन बाध्य छन।
सरकारी, गैरसरकारी वा निजी संघसंस्थाले कार्यालयमा कार्यरत महिलालाई शिशु जन्मेको दुई वर्षसम्म कार्यालय समयमा आमाको दूध खुवाउनका लागि आवश्यक व्यवस्था मिलाउनुपर्ने कुरा सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ मा उल्लेख छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार बच्चाको स्वास्थ्य र जीवनरक्षाका लागि सबैभन्दा प्रभावकारी तरिकामध्ये एक स्तनपान हो । नवजात शिशुलाई छ महिनासम्म अन्य खानेकुरा नभई अनिवार्य स्तनपान गराउन सिफारिस गरिएको छ । तर जिल्लाका सार्वजनिक संस्था तथा कार्यालय पुरानै शैलीमा चलिआएका छन्, जसका कारण स्तनपान कक्षको महत्व अझै धेरैले बुझ्न सकेका छैनन् ।





भर्खरै
-
महेशपुर स्थित रास्वपा सम्पर्क कार्यालयमा तोडफोड, ‘हतास मानसिकताको उपज’ : रास्वपा नवलपरासी
-
देवेन्द्र राज कँडेललाई ‘शंकर भगवान’को दर्जा, अभिव्यक्तिप्रति प्रश्न
-
रविको नवलपरासी कार्यक्रम यथावत्, भ्रममा नपर्न रास्वपाको आग्रह
-
थुम्हवा–भैरहवा सडकखण्डमा दुई बस ठोक्किँदा दुर्घटना, ५ जना घाइते
-
रामचन्द्र मल्लाहलाई अखिल नेपाल मजदुर निर्माण संघको सम्मान, १० हजार नगद सहयोग प्रदान
-
महेशपुर भन्सारमा गोप्य ‘रात्री लिलामी’को आरोप;मिलेमतो, राजस्व चुहावट र मौन राज्य संयन्त्र

पात्रो
गेम्स
रेडियो
युनिकोड