khatranews.com

रुरुक्षेत्र गाउँपालिकामा भर्ती खुल्यो- बिभिन्न पदमा ५ जना आवश्यक

भदौ ८, गुल्मी – रुरुक्षेत्र गाउँपालिकामा भर्ती खुल्यो- बिभिन्न पदमा ५ जना आवश्यक रुरुक्षेत्र गाउँपालिका गुल्मीले नगर प्रहरी भर्ती गर्ने भएको छ । पालिकाको नगर प्रहरी ऐन २०७९ र नगर प्रहरी संचालन कार्यबिधी २०७९ अनुसार हिजो बिहिबार बिभिन्न पदमा ५ जना नगर प्रहरीको पदपूर्तीको लागि सुचना जारी गरेको हो । पालिकाले १ जना नगर प्रहरी…

Read More

Gulmi-आत्महत्या न्यूनिकरणका लागि जिल्ला प्रहरी कार्यालय, गुल्मीले अभियान थाल्यो,गत १ बर्षमा ८२ जनाले आत्महत्या

भदौ ८,गुल्मी – आत्महत्या न्यूनिकरणका लागि जिल्ला प्रहरी कार्यालय, गुल्मीले अभियान थाल्यो,गत १ बर्षमा ८२ जनाले आत्महत्या गरे । पछिल्लो समयमा बढ्दै गइरहेको आत्महत्या न्यूनिकरणका लागि जिल्ला प्रहरी कार्यालय, गुल्मीले अभियान थालेको छ । गुल्मी प्रहरीले गुल्मी अस्पतालसँगको सहकार्यमा ७० जना प्रहरी कर्मचारीहरुलाई आत्महत्या विरुद्धको प्रशिक्षण दिइएको हो । दुई दिनसम्म संचालन गरिएको प्रशिक्षण कार्यक्रममा…

Read More

नेकपा माओवादी केन्द्र गुल्मीको जिल्ला समन्वय समितिको संयोजकमा युवराज के.सी

भदौ ७- नेकपा माओवादी केन्द्र गुल्मीको जिल्ला समन्वय समितिको संयोजकमा युवराज केसी नेकपा माओवादी केन्द्र गुल्मीको जिल्ला समन्वय समितिको संयोजकमा युवराज केसीलाई तोकिएको छ । नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशको बैठकले उनलाई संयोजक तोकेको हो । चन्द्रकोट गाउँपालिकाका अध्यक्ष समेत रहेका केसी नेकपा माओवादी केन्द्रमा बौद्धिक नेताका रुपमा परिचित छन् । नेकपा माओवादी केन्द्र लुम्बिनी…

Read More

संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमको बजेट खर्च नगर्न अन्तरिम आदेश 

भदौ ७-भदौ ७-संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमको बजेट खर्च नगर्न अन्तरिम आदेश सर्वोच्च अदालतले संसद विकास कार्यक्रम मार्फत सांसदले आफ्नो निर्वाचन क्षेत्रमा बाँड्ने बजेट माथि रोक लगाएको छ। आर्थिक वर्ष २०८०.८१ को बजेटमा उल्लखित संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमको बजेट खर्च नगर्न अन्तरिम आदेश दिएर रोक लगाएको हो । हिजो बुधबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरु…

Read More

मुसिकोटका विपन्न  ३ जना विद्यार्थीहरुलाई सहयोग हस्तान्तरण

भदौ ६ गुल्मी – मुसिकोटका विपन्न  ३ जना विद्यार्थीहरुलाई सहयोग हस्तान्तरण गुल्मीको मुसिकोट-७ स्थित श्री महेन्द्र आदर्श नमुना माध्यमिक विद्यालयमा अध्यनरत तिनजना गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई विभिन्न दाताहरुबाट प्राप्त सहयोग हस्तान्तरण गरिएको छ। आर्थिक अभावका कारण आफ्नो अध्ययनमा कठिनाई भईरहेका उनीहरुलाई विभिन्न सघंसंस्था तथा व्यक्तिहरुले पठाउनुभएको सहयोग मंगलबार विद्यालयमा पुगेर हस्तान्तरण गरिएको पहलकर्ता एवम् युवा…

Read More

मिटर रिडर सङ्घर्ष समिति आन्दोलित,मिटर रिडिङ ठप्प 

भदौ ६- मिटर रिडर सङ्घर्ष समिति आन्दोलित,मिटर रिडिङ ठप्प नेपाल विद्युत प्राधिकरण गोटागन्ती मिटर रिडर सङ्घर्ष समिति लुम्बिनीले प्राधिकरणको प्रादेशिक कार्यालय बुटवलमा धर्ना दिएको छ । प्रादेशिक कार्यालयमा यसअघि बुझाएको ध्यानाकर्षणपत्र कार्यान्वयन नभएपछि सङ्घर्ष समितिले धर्ना दिएको हो । लामो समयदेखि विद्युत प्राधिकरणको मिटर रिडिङ्गजस्तो जटिल र संवेदनशील काम न्यून ज्यालामा काम गर्दैआएका मिटर रिडरलाई…

Read More

सामाजिक सञ्जाल मार्फत चरित्र हत्या गरेको अभियोगमा एक जना पक्राउ

सामाजिक सञ्जाल मार्फत चरित्र हत्या गरेको अभियोगमा एक जना पक्राउ सामाजिक सञ्जाल मार्फत चरित्र हत्या गरेको अभियोगमा २९ वर्षीय एक युवालाई पक्राउ गरेको हो । सामाजिक सञ्जाल फेसबुक म्यासेन्जरमार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई काठमाडौँबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्घाखाँची भूमिकास्थान नगरपालिका–४ घर भई हाल ललितपुर महानगरपालिका–१९ कुमारीपाटी बस्ने २९…

Read More

Chandra Bhandari-विपन्न बिरामीको उपचारका लागि जलन उपचार कोष स्थापना

भदौ ६ विपन्न बिरामीको उपचारका लागि जलन उपचार कोष स्थापना गरिएको छ । सांसद डा.चन्द्र भण्डारी, हास्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य संरक्षक रहने गरी कोष स्थापना गरिएको हो । कीर्तिपुर अस्पतालका प्लास्टिक सर्जरी विभाग प्रमुख डा. किरण नकर्मीले सुरुवातमा १० लाख रुपियाँको अक्षय कोष कृषि विकास बैङ्कमा जम्मा गरेर कोष स्थापना गरिएको जानकारी…

Read More

गाउँपालिका भित्रकै क्याम्पसमा पढ्ने विद्यार्थीहरुलाई पूर्ण छात्रबृत्ति दिने

गाउँपालिका भित्रकै क्याम्पसमा पढ्ने विद्यार्थीहरुलाई पूर्ण छात्रबृत्ति दिने छत्रकोट गाउँपालिका गुल्मीले स्नातक प्रथम बर्षमा गाउँपालिकाभित्रकै क्याम्पसमा पढ्ने विद्यार्थीहरुलाई पूर्ण छात्रबृत्ति दिने भएको छ । गाउँपालिकाले हिजो सोमबार एक सूचना जारी गर्दै पालिकाभित्रैको दिगाम आदर्श बहुमुखी क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीहरुको लागि प्रथम बर्षमा पूर्ण छात्रबृत्ति दिने जानकारी गराएको हो ।   गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले क्याम्पसको…

Read More

आज देशभर मौसमको अबस्था-भदौ ५

आज देशभर मौसमको अबस्था-भदौ ५ अहिले मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणमा र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ सरेकोछ। नेपालमा अहिले भारतको उत्तरप्रदेश, मध्यप्रदेश र आसपासमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभावले वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षा…

Read More