गाउँपालिका भित्रकै क्याम्पसमा पढ्ने विद्यार्थीहरुलाई पूर्ण छात्रबृत्ति दिने

गाउँपालिका भित्रकै क्याम्पसमा पढ्ने विद्यार्थीहरुलाई पूर्ण छात्रबृत्ति दिने

छत्रकोट गाउँपालिका गुल्मीले स्नातक प्रथम बर्षमा गाउँपालिकाभित्रकै क्याम्पसमा पढ्ने विद्यार्थीहरुलाई पूर्ण छात्रबृत्ति दिने भएको छ । गाउँपालिकाले हिजो सोमबार एक सूचना जारी गर्दै पालिकाभित्रैको दिगाम आदर्श बहुमुखी क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीहरुको लागि प्रथम बर्षमा पूर्ण छात्रबृत्ति दिने जानकारी गराएको हो ।

 

गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले क्याम्पसको प्रवद्र्धन गर्न र बसाइसराई रोक्न यो निर्णय गरिएको बताउनु भयो । यसभन्दा अगाडी दिगाम आदर्श बहुमुखी क्याम्पसमा नियमित तर्फ आठजना विद्यार्थी भर्ना भएका थिए । छत्रकोट गाउँपालिकाले यसभन्दा अगाडी विद्यार्थीहरुको पक्षमा महत्वपूर्ण निर्णय गरेको थियो । यसै शैक्षिक बर्षदेखि लागु हुनेगरी एसइईमा २.८ वा सोभन्दा बढी जिपिए ल्याउने विद्यार्थीहरुले पालिकाभित्रै विद्यालयमा अध्ययन गरेमा कक्षा ११ र १२ मा निःशुल्क अध्ययनको व्यवस्था गर्ने निर्णय गरेको थियो । यस निर्णयअन्तरगत अहिले पनि भर्ना अभियान चलिरहेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख टिकाराम आचार्यले जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *