Chandra Bhandari-विपन्न बिरामीको उपचारका लागि जलन उपचार कोष स्थापना

भदौ ६

विपन्न बिरामीको उपचारका लागि जलन उपचार कोष स्थापना गरिएको छ ।
सांसद डा.चन्द्र भण्डारी, हास्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य संरक्षक रहने गरी कोष स्थापना गरिएको हो । कीर्तिपुर अस्पतालका प्लास्टिक सर्जरी विभाग प्रमुख डा. किरण नकर्मीले सुरुवातमा १० लाख रुपियाँको अक्षय कोष कृषि विकास बैङ्कमा जम्मा गरेर कोष स्थापना गरिएको जानकारी दिनुभयो । उक्त कोषमा सांसद भण्डारीले एक लाख १०५ रुपियाँ प्रदान गर्नुभएको छ ।

जनस्वास्थ्य सरोकार ट्रस्ट नेपाल र कीर्तिपुर नगरपालिकाको सहकार्यमा कोषको स्थापना गरिएको हो । सामाजिक सेवा एकाइमार्फत कीर्तिपुर जलन अस्पतालमा विपन्न, असहाय तथा बेवारिसे बिरामीको उपचार गर्ने गरी कोषमा जम्मा भएको रकमबाट आएको ब्याजबाट विपन्नको उपचार गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *