आज देशभर मौसमको अबस्था-भदौ ५
अहिले मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणमा र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ सरेकोछ।
नेपालमा अहिले भारतको उत्तरप्रदेश, मध्यप्रदेश र आसपासमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभावले वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
अहिले देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षा भइरहेको छ। राति देशभर सामान्य बदली रही केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
आज देशभर मौसमको अबस्था-भदौ ५
